रियल मड्रिडको रोमाञ्चक खेल, स्पेनिस ला लिगा फुटबलमा विजय

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० ले हरायो । योसँगै ला लिगाको उपाधि होड रोमाञ्चक भएको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ७६औँ मिनेटमा मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८०औँ मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २–० को जित दिलाए ।
जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । पराजित ओसासुनाको ४० अंक छ ।

source:baahrakhari

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x