नेप्सेमा रु रु जलविद्युतको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? ( हेर्नुहोस् )

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ ।कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।कम्पनीको शेयरलाई आरयुआरयु (RURU) कारोबार संकेत दिएको छ ।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x