कोरोनालाई चुनौती दिदै चम्कियो सेयर बजार , आज यी कम्पनीको सर्किट लेभलमा कारोबार

काठमाडौं, १९ बैशाख । तिव्ररुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा शेयरबजारलाई भने उपलब्धीमुलक देखिएको छ । आज नेप्से परिसुचक ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुग्दा ७ अर्ब ३६ करोड ८ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज केही कम्पनीको सकिर्ट लागेका छन् । महिला लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले सर्किट लागेको छ । संस्थाको शेयरमुल्य प्रतिकित्ता ३१२ रुपैयाँले बढेर ३४ सय ३७ रुपैयाँ कायम भएको छ । त्यस्तै, बिशालबजार कम्पनीको ९.९८ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता ५ सय ९ रुपैयाँले बढेर ५६ सय ८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

Source: reportersnepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x