छ्याङ्दी हाइड्रोपावर हकप्रद निष्काशनको लागी पुग्यो धितोपत्र बोर्ड

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।
कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। यस अनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले बैशाख १५ गते बोर्डमा सो बराबरको हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

source:merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x