सीइडीबी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज वैशाख २१ गते अन्तिम दिन

काठमाडौं : सीइडीबी हाइड्रोपावरको को आइपीओमा आवेदन दिने आज वैशाख २१ गते अन्तिम दिन हो । लगानीकर्ताले आज मंगलबार कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ ।

आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्कासनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ गतेसम्म कायम रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । सनराइज क्यापिटलका अनुसार सोमबार साँझसम्म २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परिसकेको छ ।
Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x