मधेश आन्दोलन र सीके राउत विरुद्धका थप ६ मुद्दा प्रधानमन्त्रीद्वारा फिर्ता, विप्लवका बाँकी

जसपाको माग अनुसार फिर्ता हुनुपर्ने ३ मुद्दा मात्रै बाँकी

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ ।

जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय गरिएको छ ।

‘फिर्ता लिनुपर्ने भनेर जसपाले बुझाएका २५ मुद्दामध्ये ४ मुद्दामा यसअघि नै अदालतबाट फैसला भई सजाय काटिसकिएको अवस्था छ, १२० जना प्रतिवादी रहेका १५ मुद्दा यसअघिको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको थियो,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यसबाहेक थप ३ मुद्दा फिर्ता भएका छन् र अब जसपाका कूल ३ मुद्दा मात्र बाँकी छन् ।’

मधेश आन्दोलनका क्रममा महोत्तरी जिल्लामा गाडी जलाएको, रक्सी पसल लुटपाट तथा तोडफोड गरेको गरी ३ मुद्दा आइतवार फिर्ता लिइएको उनले बताए । महोत्तरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको शरीर अपहरण गरी बन्धक बनाई हत्या गरेको ज्यान मुद्दा फिर्ता नभएको उनले खुलाए ।
सुरक्षाकर्मीको हत्या भएको मुद्दा अलि सेन्सेटिभ मुद्दा भएका कारण अहिले फिर्ता हुन नसकेको तथा अध्ययन भइरहेको समेत उनले बताए ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजकको हैसियतमा छुट्टै मधेश देश बनाउने अभियान चलाएका सीके राउत विरुद्धका राज्य विप्लवका ३ मुद्दा समेत आइतवारको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको उनले बताए । ‘कुन–कुन ठाउँको मुद्दा तथा कति जना प्रतिवादी रहेका मुद्दा फिर्ता भए त्यसको संख्या यकिन गर्न फाइल नै हेर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘तर ३ मुद्दा फिर्ता भएका छन् ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको मुद्दा फिर्ता लिनका लागि फाइलहरूको अध्ययन जारी रहेको उनले बताए ।

source:lokaantar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x