बुधबार हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण,१६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताको चौथो कोरोबार दिन बुधबार नेप्से सूचकमा सामान्य गिरावट देखिएपनि हाइड्रोपावर कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ।विगत केही दिनदेखि लगातार बढिरहेको हाइड्रोपावर उपसमूहको सूचक बुधबार पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ। उच्च शेयरमूल्य बढ्ने कम्पनहरुमा हाइड्रोपावर कम्पनीको बाहुल्यता धेरै छ।बुधबार नेप्से सूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.६३ अंकले घटेर ४७३.८१ विन्दुमा झरेको छ। यस दिन २१८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा खरिद बिक्री भएको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

१६ कम्पनीको शेयर सकारामक सर्किट लेभलमा कारोबार, अधिकााश हाइड्रोपावर कम्पनी

बुधबार १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ती कम्पनीका शेयर ९ प्रशितभन्दा धेरैले बढेर कारोबार भएका हुन्।उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन रिद्धि हाइड्रोपावर र रैराड. हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटि हाइड्रोको ९.९८ प्रतिशतले बढेको छ।यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीमा भने लघुवित्त कम्पनीहरु धेरै देखिएका छन्। यस दिन आशा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.४३ प्रतिशतले घटेको छ भने लक्ष्मि लघुवित्तको ३.२५ प्रतिशत, इन्फिनिटि लघुवित्तको ३.१९ प्रतिशत र सबैको लघुवित्तको ३.१२ प्रतिशतले घटेको छ।

बुधबार एनआइसी एशिया लघुवित्तको सबैभन्दा धेरै २२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको १९ करोड ४७ लाख, अपि पावरको १८ करोड २७ लाख र जनउत्थान सामुदायिक लघुवित्तको १५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Source: merolagani

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x