बीचैमा स्थगित भएका परीक्षा भौतिक उपस्थितिमा हुने सम्भावना कम, के भन्छ राष्ट्रिय परीक्षा बोर्ड?

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् ।देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई परीक्षा नहुने त होइन भन्ने चिन्ता पनि थपिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भने हालसम्म पूर्व निर्धारित तालिका अनुसार नै परीक्षा गराउने तयारी गरिरहेको जनाएको छ । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेल भन्छन् अहिलेसम्म पूर्व निर्धारित समय अनुसार नै परीक्षा गराउने तयारी छ । यो महीनाको अन्तिमसम्म हेरौं । त्यसपछिको स्थिति अनुसार निर्णय गर्छौं । यद्यपि दैनिक थपिने नयाँ संक्रमितको संख्या आठ हजारभन्दा बढी पुग्न थालेको छ । यस्तो अवस्थामा भौतिक रूपमा परीक्षा सञ्चालनको सम्भावना कम हुँदै गएको अधिकारीहरू स्वीकार्छन् ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पनि विद्यार्थीका लागि परीक्षाभन्दा सिकाइ महत्वपूर्ण भएको बताउँछन् । सिकाइको अवस्था बुझेर मात्रै परीक्षा हुनुपर्ने भन्दै उनी भन्छन् विद्यार्थीले पढ्नै पाएका छैनन् । केको आधारमा परीक्षा लिने ? नेपाल अभिभावक महासंघले विद्यालय खुल्न सक्ने अवस्था नभएको भन्दै परीक्षा स्थगन गर्नुपर्ने बताएको छ । परीक्षा स्थगन गरी विद्यार्थीको शिक्षण सिकाइको अवस्था बुझेर परीक्षाको तयारी गर्नुपर्ने महासंघ अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । दैनिक थपिने नयाँ संक्रमितको संख्या आठ हजारभन्दा बढी पुग्न थालेको छ । यस्तो अवस्थामा भौतिक रूपमा परीक्षा सञ्चालनको सम्भावना कम हुँदै गएको अधिकारीहरू नै स्वीकार्छन् । सबै विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा दिन नसक्ने भएकाले केही समय परीक्षा सार्नुको विकल्प नभएको उनले बताए । भन्छन् तत्काललाई परीक्षा स्थगन गरेर विद्यार्थीको पहुँचको आधारमा नीति बनाएर मात्र परीक्षा गर्नुपर्छ । त्यो समयसम्म विद्यार्थीले पढ्ने समय पाउँछन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको भने फरक मत छ । तोकिएको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक विधिबाट भए पनि परीक्षा गराउनुपर्ने महासंघका अध्यक्ष कृष्ण थापा बताउँछन् । निजी विद्यालयहरूको अर्को संगठन प्याब्सनले पनि शैक्षिक सत्र धकेलिन नहुनेमा जोड दिएको छ । ‘सिकाइ भएन भनेर शैक्षिक सत्र नै पछाडि धकेलिनु हुँदैन । एक स्तरको पढाइ भएको छ त्यही अनुसार मूल्यांकन गर्नुपर्छ प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना भन्छन् । शिक्षा मन्त्रालय भने पूर्व निर्धारित समय अनुसार नै परीक्षा गराउने तयारी गरिरहेको बताउँदै आएको छ । मन्त्रालयले परीक्षा गराउन नसके के गर्न सकिन्छ भनेर न त छलफल गरेको छ न वैकल्पिक विधिबारे तयारी नै ।मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन् परीक्षा पूर्व निर्धारित समयमा नै गराउने तयारी छ । परीक्षा नै गराउन नसक्ने अवस्था आए अथवा शैक्षिक सत्र के गर्ने भन्नेसम्मको बहस भएको छैन । त्यस्तो अवस्था आए त्यहीबेला निर्णय हुन्छ ।’

नेतृत्वको कमजोरीले अवस्था सुध्रिएन

शिक्षाविद्हरूले शैक्षिक क्षेत्रको नेतृत्व गरिरहेकाहरूको कमजोरीका कारण विद्यार्थीले गत वर्षकै नियति भोग्नुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । अचानक आएको महामारीका कारण गत वर्ष नेतृत्वलाई कमजोरी लुकाउने निहुँ भए पनि यो वर्ष नभएको उनीहरूको तर्क छ । शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘गत वर्षको गल्तीबाट पाठ सिक्नुभन्दा पनि यस्तो अवस्था कहिल्यै आउँदैन र हामी पुरानै शैलीमा जानुपर्छ भन्ने प्रवृत्तिले यो वर्ष पनि विद्यार्थीले गत वर्षकै नियति भोग्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्– सबै विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा दिन सक्दैनन् । केही समय परीक्षा सार्नुको विकल्प छैन । तत्काललाई परीक्षा स्थगन गरेर विद्यार्थीको पहुँचको आधारमा नीति बनाएर मात्र परीक्षा गर्नुपर्छ । त्यो समयसम्म विद्यार्थीले पढ्ने समय पाउँछन् । उनका अनुसार पाठ्यक्रम र अनलाइनमा मात्रै नभएर व्यावहारिक, वैकल्पिक सिकाइको आधारमा मूल्यांकन गर्ने हो भने शैक्षिक सत्र भित्रै परीक्षा सकिन्छ । तर शैक्षिक क्षेत्रको नेतृत्व गरिरहेकाहरूका कारण फेरि अन्योलको अवस्था आएको उनले बताए । अर्का शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्ले गत वर्ष सरकारले राम्रो काम गर्न खोजे पनि केही कमजोरी र विद्यालयको बद्मासीका कारण योग्य विद्यार्थी समेत लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् ।

यो वर्ष सरकारले विद्यालयको कामलाई अनुगमन गर्ने अथवा मूल्यांकन गर्ने निश्चित आधार तयार गरेर विद्यार्थीको शिक्षण सिकाइ अनुसार विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिनुपर्ने उनको भनाइ छ । भन्छन् यो अभ्यास केही वर्ष अघिदेखि हुनुपथ्र्यो । महामारीको कारण गत वर्ष भयो । अब यसैलाई निरन्तरता दिनुपर्छ । अहिलेलाई मूल्यांकन गर्ने एउटा आधार तयार पारौं । नेतृत्वमा पश्चगामी मानसिकता भएकाहरू हावी हुँदा गत वर्षको अप्ठ्यारो परिस्थितिबाट पनि नसुध्रिएको शिक्षाविद् प्रा.डा.बालचन्द्र लुईंटेल बताउँछन् । यो वर्ष गत वर्षको भन्दा अप्ठ्यारो परिस्थिति भएकोले विद्यार्थीलाई अन्योलमा नराखी विद्यालयलाई नै मूल्यांकन गर्न दिनुपर्ने उनको मत छ । विद्यालयको अधिकारभित्रकै कुरा हो । गत वर्ष राम्रो शुरुआत गरेको सरकारले फेरि यो पटक बलमिच्याइँ गर्दै राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ उनी भन्छन्, भौतिक उपस्थितिमा परीक्षा गराउन सकिने अवस्था छैन त्यसैले गत वर्षको विधि अपनाउनुको विकल्प छैन ।

Source: onlinekhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x