सेयर बजार सुस्त हुनुका केही कारण ,यसो भन्छन विश्लेषकहरु

काठमाडौं : सेयर बजार केही प्रभावित भएको छ । सूचक सामान्य तल झरे पनि कारोबार भोलुम औसतमा उत्साहजनक छ । बजार केही दिनयता साइड वेजमा रहेको छ । नेप्सेमा ठूलो उतारचढाव आउन सकेको छैन । केही दिनमा यो चरण पार गरेपछि बजारले फेरि नयाँ गति समाउने अपेक्षा गरिएको छ । राजनीतिक अन्योलताले पनि सेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुमान गरिएको छ । बजेट ल्याउने दिन नजिकिंदै गर्दा राजनीतिक अन्योलता  पनि बढेको छ ।ओली सरकारले संसदबाट विश्वासको मत लिने तयारी गरेको छ । यसँसँगै उनले विश्वासको मत पाउने वा नपाउने अनि नपाए राजनीति कता जाने भन्ने अन्योलता पनि केही बढेको छ । तथापि, सेयर बजारमा यसको प्रभाव निकै क्षणिक हुने अनुमान गरिएको छ । यसले दीर्घकालमा सेयर बजारमा खासै ठूलो असर नगर्ने विश्लेषकहरुको भनाई रहेको छ । कोरोना त्रासका कारण पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा लाग्दा बजार सुस्त हुन सहयोग पुगेको हो ।
प्रमुख पक्ष बैंक तथा वित्तीय संस्थामा हुने अधिक तरलता, सस्तो ब्याजदर अनि बुलिस साइकल नै हो । यी ३ कुरा ठीकठाक हुँदासम्म बजार धेरै नबिग्रिने विश्लेषकहरु बताउँछन् । अल्पकालमा बजारमा केही करेक्सनहरु आउनुलाई अन्यथा लिन नहुने पनि उनीहरुको भनाई रहेको छ । बजार घटेका बेला लगानीकर्ताहरुले आफ्नो वित्तीय अवस्था अनि जोखिम बहन क्षमतालाई मध्यनजर गर्दै सकेसम्म होल्ड गर्न सक्नुपर्छ ।घटेका बेला सस्तो भाउमा किन्ने त्यसो गर्न नसके पनि भएका सेयरहरु होल्ड गर्न सके बढेका बेला प्रचुर लाभ लिन सकिन्छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान ओगट्ने गर्छ । यसर्थ, सानातिना घटनालाई आधार मानेर लगानीकर्ताले मनोविज्ञान कमजोर बनाउनु हुँदैन । सकारात्मक र दृढ विश्वास लगानीकर्तामा विकास हुन आवश्यक हुन्छ । घटेको बजार फेरि माथि जान्छ भन्ने पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ । सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर किन्नुपर्छ । यसो गर्न सकेमा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२१६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ समूहको सूचकमा हरियाली देखिएको छ । ८ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित एचआइडीसीएल अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र लक्ष्मी बैंक परेका छन् ।

Source: nepalipaisa

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x