भोली वैशाख २५ गते शनिबार बिहान हुँदैछ कम्पनी विश्लेषणको निःशुल्क अनलाइन कक्षा (जुम आईडि सहित् )

काठमाडौं : नेपाली पैसाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत नेप्सेमा सूचीृकत भएका कम्पनीहरुको प्राविधिक विश्लेषण गरी लगानी गर्ने सीप सिकाउनका लागि हरेक साता निःशुल्क अनलाइन सेयर कक्षा सञ्चालन गरिरहेको छ । यसैक्रममा आगामी निःशुल्क कक्षा यही वैशाख २५ गते शनिबार बिहान ७ः३० बजेदेखि अनलाइन माध्यमबाट चल्नेछ ।

यसअघि सेयर बजारका तालिमहरु लिइसकेका र दोस्रो बजारमा कारोबार गरिरहेका व्यक्तिहरुका लागि यो तालिम अझ बढी उपयोगी हुनेछ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये अधिक माग गरिएका (अन डिमाण्ड) सेयरहरुको अवस्था कस्तो छ ? कसरी कारोबार गर्न सकिएला ? भन्ने लगायतका जानकारी लिन चाहनेका लागि यो निःशुल्क सत्र निकै उपयोगी हुने तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठले बताए ।

यसमा गत साताभर नेपाली पैसाका पाठकहरु तथा यसअघि तालिममा सहभागीहरु भएकाहरुमध्ये सबैभन्दा बढी माग भएका केही कम्पनीहरुको विश्लेषण गरिनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक तथा विश्लेषक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको लिंकहरु शनिबार वैशाख २५ गते बिहान ७ः१५ देखि जूममार्फत कपि पेष्ट गरी इन्ट्री गर्न सकिनेछ । यो कक्षाको फेसबुक लाइभ नेपाली पैसा तथा डा. केशव श्रेष्ठको फेसबुक पेजबाट पनि हुनेछ ।

Join Zoom Meeting

https://zoom.us/j/97472739690?pwd=T29qZVlnclkxUFhvb2xFUStMdE1wdz09

Meeting ID: 974 7273 9690

Passcode: 069570

फेसबुक लाइभका लागि : https://www.facebook.com/keshav.shrestha.549/

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x