सामान्य लक्षण सहितको कोरोना होम आइसोलेसनबाटै निको पार्न सकिन्छ (चिकित्सक)

काठमाडौँ – यदि कसैलाई कोरोना पोजिटिभ देखिएको छ तर लक्षण भने सामान्य छ, यस्तोमा चिकित्सकले घरमा नै रहेर आराम गर्ने सुझाव दिन्छन् ।डाक्टरका अनुसार बिरामीको लक्षण र प्रकृति हेरेर बिरामी ठिक हुन १४ दिन सम्मको समय लाग्ने गर्छ ।लक्षण सकिदासम्म पनि नेगेटिभ रिपोर्ट नआएमा बिरामी दिक्क हुन्छन् ।आइसोलेसन अवधि कहिलेसम्म लम्ब्याउने भन्ने दुबिधा समेत हुने गर्छ । यस विषयमा चिकित्सक के भन्छन् त ?ज्वरो र सामान्य रुघा खोकीमा स्वाद र गन्ध हराउँदैन ।तर कोरोनाका कारण आउने यही लक्षणमा स्वाद र गन्ध समेत हराउने गर्छ ।

अहिले कोरोनाको लक्षणमा डाइरिया र बान्ता समेत थपिएको छ ।जो व्यक्तिमा चार -पाँच दिनसम्म यही लक्षण देखिन्छ, उसले कोरोना परीक्षण गरेर पोजिटिभ आएमा आइसोलेसनमा बसेर चिकित्सकको निरन्तर परामर्श लिनु पर्छ ।कुनै एक व्यक्तिमा सामान्य लक्षण मात्रै देखिएको छ भने उसले १० दिनमा आफुलाई आइसोलेसनमुक्त गर्न सकिन्छ ।साथै आइसोलेसनबाट बाहिर निस्किनु पहिला चिकित्सकसँग सल्लाह लिनु पर्छ ।मध्यम स्तरको लक्षण देखिएका रोगीले भने १४ देखि १७दिनसम्म आइसोलेसनमा रहनुपर्ने चिकित्सकको सुझाव छ ।डाक्टरले लक्षणको आधारमा कहिले आइसोलेसन अन्त्य गर्ने भनेर सुझाव दिने गर्छन् ।ज्वरोलाई सङ्क्रमणको मुख्य लक्षण मान्ने गरिन्छ ।यदि सङ्क्रमित व्यक्तिलाई लगातार ३ दिनबाट ज्वरो आएको छैन साथै अन्य लक्षणमा समेत क्रमिक सुधार आउँदै गएको छ भने आइसोलेसनको समय अन्त्य आएको चिकित्सक बताउँछन् ।त्यस्तै पिसिआर परीक्षण गरेर समेत सङ्क्रमण सकिएको नसकिएको पत्ता लगाउन सकिन्छ ।

रिपोर्ट नकारात्मक आए पछि आइसोलेसन छोड्न सकिन्छ ।टेस्ट किडको अभाव समेत सिर्जना भएकोमा उल्लेखित दिन आफुलाई सुरक्षित राखेर सङ्क्रमण मुक्त भएको अनुमान लगाउन सकिने बताइएको छ ।१४ दिन को आइसोलेसनमा सबै प्रकारका लक्षणबाट निको हुन सकिने चिकित्सक को मान्यता छ ।यति दिनमा शरीरमा प्रवेश गरेको भाइरस स्वतः निष्क्रिय भएर जान्छ ।सामान्य प्रभाव मात्रै छ भने आइसोलेसन एक हप्ता मै समेत अन्त्य गर्न सकिने चिकित्सकको मान्यता छ ।तर यी सबै विषय तब मात्रै लागु हुन्छ जब व्यक्तिले आइसोलेसनमा रहँदा सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x