सरकार भन्छ अक्सिजन अभाव हुँदैन, काठमाडौंका ५ अस्पतालले अक्सिजन नभएको भन्दै थप उपचार रोके

काठमाडौं । नेपाल सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्बय संक्रमितलाई रातरात अन्य अस्पतालमा सारिएको थियो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै संक्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।संक्रमितको संख्यामा बृद्धि भएसगैँ अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण कोरोनाका धेरै विरामीहरु उपचार नै नपाई अकालमा ज्यान गुमाएका छन् ।सरकारले प्रशस्त मात्रामा अक्सिजन रहेको दाबी गरिरहाँदा काठमाडौंका केही अस्पतालले उपचार गर्न नसक्ने जनाएका छन् । केही निजी अस्पतालले कोभिडका विरामीलाई चर्काे शुल्क लिने घोषणा गरेका छन् भने केही अस्पतालले अक्सिजन अभावका कारण नयाँ विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।आईतबारसम्म काठमाडौँ उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावहुँदा कोरोनाका थप विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका हुन् ।अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालनमा ल्याइने बताइएको छ ।

५ अस्पतालले थप उपचार गर्न नसक्ने

काठमाडौं उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावका कारण कोभिडका थप विरामी राख्न नसक्ने जनाएका छन् ।जसमा चाबहिलमा सञ्चालन गरिएका चार अस्पतालहरु मेडिकेयर नेपाल–भारत मैत्री अस्पताल दीर्घायु तथा हेल्पिङ ह्याण्ड्स अस्पताल र ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएका छन् ।चावहिलका चार अस्पतालले शनिबार संयुक्त विज्ञप्ती र गणेशमानले आईतबार बिहान एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने जनाइसकेका छन् ।यस्तै शुक्रबार नै ललितपुरको जावलाखेलमा रहेकोे अल्का अस्पतालले अक्सिजन अभाव भएको भन्दै अक्सिजनको आपूर्ति सहज बनाईदिन सरकारलाई आग्रह गरेको थियो ।

Source: bikasnews

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x