सेयर बजार सूचक नेप्से साताको पहिलो दिन किन पर्यो दबाबमा ?

काठमाडौं : सेयर बजार सूचक नेप्से साताको पहिलो दिन आइतबार पनि सुस्त देखिएको छ । बढ्दो कोरोना संक्रमणका कारण केही दिनयता सुस्त बनेको बजार पछिल्लो राजनीतिक घटनाक्रमका कारण अझै समय पर्ख र हेर को अवस्थामा पुगेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार संसदबाट विश्वासको मत लिंदैछन् । आइतबार दिउँसोसम्मको घटनाक्रम अनुसार उनले विश्वासको मत पाउने सम्भावना लगभग सकिएको छ ।उनले विश्वासको मत पाउन नसके त्यसपछि राजनीति कसरी अघि बढ्छ ? वा कस्तो सरकार कस्तो बन्छ भन्ने निश्चित भइसकेको छैन । तथापि विपक्षी गठबन्धनहरुले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् । यसर्थ, राजनीतिले एउटा निकास नलिंदासम्म सेयर बजारका लगानीकर्ता पर्ख र हेर को मुडमा रहेका आइतबारको बजारले देखाएको छ ।तथापि देउवाको नेतृत्वमा सरकार बनेमा पनि सेयर बजारका लगानीकर्ता फेरि उत्साहित हुने अनुमान गरिएको छ । किन भने विगतमा पनि काँग्रेस नेतृत्वको सरकार बन्दा धेरै पटक बजारले नयाँ उचाई लिइसकेको छ । काँग्रेसले पुँजी बजार विरोधी नीतिनियम ल्याउँदैन भन्ने विश्वास गर्न सकिन्छ । किन भने काँग्रेस खुला अर्थतन्त्रको हिमायती दल हो ।स्तै राजनीति तथा कोरोनाको सेयर बजारमा अल्पकालीन प्रभावमात्र देखिएको धेरैको भनाई छ । बजारले करेक्सनको नियमित चरणहरु पार गरेपछि फेरि नयाँ उचाईमा पुग्ने पनि धेरैको भनाई रहेको छ । अल्पकालमा बजारमा केही करेक्सनहरु आउनुलाई अन्यथा लिन नहुने विश्लेषकहरु बताउँछन् । बजार घटेका बेला लगानीकर्ताहरुले आफ्नो वित्तीय अवस्था अनि जोखिम बहन क्षमतालाई मध्यनजर गर्दै सकेसम्म होल्ड गर्न सक्नुपर्छ ।

घटेका बेला सस्तो भाउमा किन्ने त्यसो गर्न नसके पनि भएका सेयरहरु होल्ड गर्न सके बढेका बेला प्रचुर लाभ लिन सकिने सम्भावना रहन्छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान ओगट्ने गर्छ । यसर्थ सानातिना घटनालाई आधार मानेर लगानीकर्ताले मनोविज्ञान कमजोर बनाउनु हुँदैन । सकारात्मक र दृढ विश्वास लगानीकर्तामा विकास हुन आवश्यक हुन्छ ।घटेको बजार फेरि माथि जान्छ भन्ने पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।  सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ । सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर किन्नुपर्छ । यसो गर्न सकेमा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२१९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा २८ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी दोस्रोमा कुमारी बैंक र तेस्रोमा हिमालयन डिस्टिलरी परेका छन् ।

Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x