प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै, कसरी हाल्छन् संक्रमित सांसदले भोट?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएका सांसद भने सोमबारको बैठकमा प्रवेश गर्न पाउने छैनन्।उनीहरु मतदान प्रक्रियामा भने सहभागी हुन पाउने छन्। आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसद पनि मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो।संसद सचिवालय स्रोतका अनुसार उनीहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिने छ। मतदान प्रक्रिया सुरु भएपछि संसद भवनको ल्होत्से वा शंकर हलमा उनीहरुका लागि मतदानको व्यवस्था मिलाइने छ।

‘कोरोना संक्रमित सांसद सोमबारको संसद बैठकमा छिर्न पाउँदैनन्। उनीहरुलाई संसद भवन बाहिरै टेन्टमा राखिने छ। मतदान प्रक्रिया सुरु भएपछि ल्होत्से वा शंकर हलमा मतदानको व्यवस्था मिलाइने छ र त्यहीँबाट सोझै घर जाने व्यवस्था गरिनेछ,’ संसद सचिवालय स्रोतले भन्यो।संसद बैठकअघि वैशाख २२, २३ र २४ गते सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।स्वाब संकलन गरिएकामध्ये करिब १२ प्रतशतमा संक्रमण पुष्टि भएको थियो। जसमध्ये दुई दर्जनभन्दा बढी सांसदलाई कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीले सोमबार संसदमा ‘विश्वासको मत’ लिने कार्यक्रम छ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । नेता बाबुराम भट्टराईको निवासमा आइतवार (आज) बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।तर विश्वासको प्रस्तावको विपक्षमा मत दिने वा तटस्थ बस्ने भन्ने विषयमा सांसदहरूलाई निर्णय गर्न दिने निर्णय भएको छ । जसपाका सांसदहरूले ओलीलाई विश्वासकाे मत दिने छैनन् तर विपक्षमा मत दिन भने स्वतन्त्र हुनेछन् ।नेता भट्टराईले ट्विटरमार्फत आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको  जानकारी दिनुभएको  छ ।आजै बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महन्थ ठाकुरले आफूहरूले ओलीलाई विश्वासको मत पनि नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको थियो । पार्टीलाई फुटबाट जोगाउनका लागि पनि ओलीलाई समर्थन नगर्ने ठाकुरको भनाइ थियो  ।

Source: deshsanchar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x