आइपियो जारि गर्दै सानिमा लाईफ इन्स्योरेन्स , यस्तो छ नाफा । (हेर्नुहोस् )

आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ जुन गत वर्षको खुद नाफा रू. ८ करोड ३८ लाख ३८ हजार भन्दा ११ दशमलव ७५ प्रतिशत बढी हो ।कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।जीवन बीमा कोष रकम बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । गत वर्ष रू. २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।यस वर्ष कम्पनीले रू. १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सलेसर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरि रहेको छ।

कम्पनीले सार्बजनिक गरेको रिपोर्ट यस प्रकार छ।

Source: nepsebajar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x