आईपीओ निष्कासनको भिडमा फरि अर्को हाईड्रोपावर कम्पनीले २४ लाख कित्ता आईपीओ ल्याउँदै

२७ वशाख, काठमाडौं । शेयरबजारमा फेरि अर्को हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको भिडमा मायाखोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाईको लागि २४ करोड बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

हालै कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकसंग सम्भौता गरेको हो । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।हाल मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

यो पनि पढ्नुहोस् :

मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकका लागि निष्कासन गर्ने तयारी गरेर बिचैमा स्थगित भएपछी कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारि गरिरहेको छ ।जसमध्य ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कम्पनिले सर्वसाधारणका लागि साउन महिना सम्ममा आइपियो निस्कासन गर्ने तयारि गरिरहेको छ ।कम्पनीले स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणको को लागि ९० करोड रुपैयाँको ९० लाख कित्ता गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले ल्याउन अनुमति पाएको हो ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x