तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

वैशाख २७, काठमाडौं । तीन ओटा  अलग – अलग कम्पनीहरुको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।सहारा विकास बैंक,प्राइम कमर्सियल बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता बोनस शेयर गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्:

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल श्रावण २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x