जेठ २ गतेदेखि कोभिड विरुद्धको खोप संचालन हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै रोकिएको कोभिड विरुद्धको खोपको दोस्रो चरण सुरु हुने भएको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रै (डीसीएमसी) ले आगामी जेठ २ गतेदेखि काठमाडौं उपत्यकामा कोभिड विरुद्धको दोस्रो चरणको खोप (भेरोसिल्ड) लगाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो ।भेरोसिल्डको दोस्रो खोप संचालन गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय भएको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । सरकारले कोभिड विरुद्ध भेरोसिल्ड लगाउन सुरु गरेको भएपनि संक्रमण बढेको र काठमाडौं उपत्यका सहित देशभरका प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरेपछि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

यस्तो खोप कार्यक्रम सम्बन्धित पालिकाहरुको वडा कार्यालयहरुले समन्वय गर्ने डीसीएमसीको निर्णय छ । यस्तो कार्यक्रम निश्चित अवधिका लागि संचालन गर्न अनुरोध गर्ने निर्णय भएको ती अधिकारीले बताए ।यस्तै, डीसीएमसीले काठमाडौं उपत्यमा थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरेको छ ।

Source: bikashnews    यो पनि पढ्नुहोस्:

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल श्रावण २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ ।

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x