४७ लघुवित्त कम्पनीहमा अधिकांश कम्पनीको औसत अवस्था राम्रो, प्रमुख सूचकहरुमा वृद्धि

हालसम्म ४७ लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनी मजबुत बन्दै गएका छन् । खुद नाफा ब्याज आम्दानी प्रतिसेयर आम्दानी लगायतका प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । चुक्ता पुँजी जगेडा कोषमा छिमेक लघुवित्त अघि रहेको छ ।यता सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा निर्धन उत्थान लघुवित्त रहेको छ । अन्य लघुवित्त कम्पनीहरुको पनि प्रमुख सूचकहरु मजुबत बन्दै गएका छन् । नाफा रिजर्भ लगायतका सूचक अध्ययन गर्दा चुक्ता पुँजीलाई पनि ध्यान दिनुपर्ने हुन्छ । अब हेरौं कुन लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

चुक्ता पुँजीमा छिमेक लघुवित्त अघिचैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्त वित्तीय संस्थाको रहेको छ । एक वर्षको अवधिमा छिमेकको चुक्ता पुँजी २२% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा ४१ लघुवित्तको चुक्ता पुँजी बढेको छ भने ६ कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ । एनआइसी एसिया आरएमडीसी डिप्रोक्स मेरो निर्धन उत्थान र साना किसान लघुवित्तको चुक्ता पुँजी १ अर्ब माथि छ ।

जगेडा कोषमा पनि छिमेक लघुवित्त नै अघि गेडा कोषमा पनि छिमेक लघुवित्त अगाडी रहेको छ । चैत मसान्तसम्म आइपुग्दा छिमेक लघुवित्तको जगेडा कोष २ अर्ब ९० करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको छ । यस्तै, निर्धन उत्थान र साना किसान लघुवित्तको जगेडा कोषमा पनि २ अर्ब रुपैयाँभन्दा धेरै पैसा छ । एक वर्षको अवधिमा ४३ लघुवित्तको जगेडा कोष बढेको छ भने ३ कम्पनीको जगेडा कोष घटेको छ । घोडीघोडा लघुवित्तको जगेडा कोष भने ऋणात्मक छ ।

खुद ब्याज आम्दानीमा निर्धन उत्थान लघुवित्त सबैभन्दा अगाडि चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी निर्धन उत्थान लघुवित्तले गरेको छ । यसको खुद ब्याज आम्दानी ३५.९७% ले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । छिमेक र स्वावलम्बन लघुवित्तले पनि १ अर्ब भन्दा माथि खुद ब्याज आम्दानी कमाएका छन् । १ वर्षको अवधिमा किसान लघुवित्त बाहेक अरु सबै लघुवित्तको खुद ब्याज आम्दानी बढेको छ ।

नाफामा छिमेक लघुवित्त अघि चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । यसको खुद नाफा ५९.८९% ले बढेर ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । ४३ लघुवित्तको खुद नाफा बढेको छ भने ३ कम्पनीको नाफा घटेको छ । घोडीघोडा लघुवित्त भने यसअवधिमा नोक्सानमा छ । सबैभन्दा धेरै नाफा बढ्नेमा नाडेप लघुवित्त रहेको छ । गत वर्ष ७ लाख ३३ हजार रुपैयाँ रहेको नाफा यो वर्ष ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

३४ लघुवित्तको प्रतिसेयर आम्दानी बढ्यो
चालु आर्थिक वर्षको चैतमसान्तसम्म आइपुग्दा ३४ लघुवित्तको प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७७ पैसा बढेर ८५ रुपैयाँ २६ पैसा पुगेको छ । यसअवधिमा घोडीघोडा लघुवित्तको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ । ४ कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x