अमेरिकामा बिहीबारबाट १२ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन थालिने

अमेरिकामा अब १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने छ।रोयटर्सका अनुसार यसैहप्ताको बिहीबारदेखि बालबालिकामा कोरोनाविरुद्धको खोप अभियान संचालन हुन लागेको हो।अमेरिकी सरकारले फाइजर–बायोएनटेकको खोपलाई १२ देखि १५ वर्षसम्मका बालबालिकामा प्रयोग गर्न आपतकालीन अनुमति दिएको छ।चाँडै विद्यालय खोल्ने उद्देश्यका साथ खोप अभियान संचालन गर्न लागिएको बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाभरका बालबालिकामा चाँडै खोप लगाउन निर्देशन दिएका छन्।उनले सबैलाई आफ्नो बालबच्चा सुरक्षित राख्न र आफैं पनि सुरक्षित रहन खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस् : काठमाडौँ । सरकारकाले भारतको सेरम इन्स्ट्यिुटबाट खरिद गरेको २० लाख डोज खोपमध्ये आपूर्ति हुन बाँकी रहेको १० लाख डोज खोप आपूर्ति हुने भएको छ । गत फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । चैत ४ गतेसम्म चलेको खोप अभियानमा खोप लगाएकाहरूले तीन महिनापछि जेठ २३ गतेदेखि दोस्रो डोज लगाउनु पर्ने छ ।काेभ्याक्स सुविधा र भारतबाट खरिद गरेको गरेर पहिलो डोज लगाएका झन्डै साढे १४ लाख मानिसहरूले दोस्रो डोज लगाउन बाँकी छ । उनीहरूलाई लगाउनका लागि जेठको अन्तिमसम्ममा भारतबाट खरिद गरेको १० लाख डोज खोप र कोभ्याक्स सुविधा मार्फतको करिब साढे ३ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले बताएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जेठ महिनाको अन्त्यसम्म खोप आइसक्ने हाम्रा कुरालाई बताए । उनले भने, ‘दोस्रो डोज लाउनै पर्ने छ, जेठ महिनाको अन्त्यसम्म खोप आइपुग्छ।’

कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा आएको खोप पनि पहिलो डोजका रूपमा लगाइएको थियो । त्यस कारण कोभ्याक्स सुविधाबाट दोस्रो डोज खोप पनि आउने मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. गौतमले कोभ्याक्स सुविधाबाट पनि खोप आउनुपर्ने बताएका छन् ।विविध कारणले भारबाट यसअघि खोप आपूर्ति प्रक्रिया रोकिएको थियो । खोप खरिद एवं आपूर्ति रोकिनुको पछाडि विचौलीयको बिगबिगी रहेको कारणसमेत विभिन्न सञ्चारमाध्यममा आइसकेको छ । यस्तोमा सरकार नै सक्रिय भएपछि भारतबाट खोप आपूर्ति हुने भएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x