रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि

कारोबारको चौथो दिन(बुधबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । बुधबार कम्पनीको शेयर ९.९७  प्रतिशत अर्थात ६६ रुपैंयाले बढेर प्रतिशेयरको मुल्य ७२८ रुपैयाँ पुगेको छ ।यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख ११  हजार ६३८ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ७२८ रुपैयाँमा रहेको छ ।

यो पनि पढ्नुहोस्

निरन्तर वृद्धि भएको सुनको मूल्य बुधबार गिरावट आएको छ । बैशाख २९ गते सुन तोलामा ३०० रूपैयाँले घटेको हो । यसदिन छापावाला सुन प्रतितोला ९२ हजार रूपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँमा खरिदबिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ३०० रूपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ३०० रूपैयाँ त‍ोकिएको थियो । बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ प्रतितोला एक हजार ३४५ रूपैयाँ कायम भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x