बम्पर लाभांश घोषणा गर्न सक्ने सम्भावना भएका कम्पनीमाथि लगानीकर्ताको छडके नजर

तीन महिनापछि लाभांश वितरण गर्न थाल्ने भएपछि लगानीकर्ताहरुले उच्च लाभांश वितरण गर्न सक्ने कम्पनी छानिछानि खरिद गर्न थालेका छन् । चालु आर्थिक वर्षको नाफाबाट भदौदेखि लाभांश वितरण गर्न थाल्ने भएकाले अहिलेदेखि नै उच्च लाभांश वितरण गर्न सक्ने सम्भावना भएका कम्पनीको शेयर लगानीकर्ताहरुले खरिद गर्न थालेका हुन् । चालु आर्थिक वर्षको करिव १० महिना सकिसकेको छ । चालु आवको ९ महिना अर्थात चैतसम्मको अपरिस्कृत वित्तीय विवरण कम्पनीहरुले सार्वजनिक गरिसकेका छन् । ९ महिनाको कम्पनीहरुको वित्तीय विवरण हेरेर एक वर्षमा कति नाफा गर्न सक्छन् र कति लाभांश वितरण गर्न सक्छन् भन्ने विश्लेषण गरेर ठूला लगानीकर्ताले धमाधम शेयर खरिद गरिरहेका छन् । दिउँसोको मौसम विहानीले संकेत गर्छ भनेजस्तै कुन कम्पनीले ९ महिनामा कति नाफा गरेर र कति लाभांश वितरण गर्न सक्छन् भन्ने पूर्व अनुमान केही टाठाबाठा लगानीकर्ताहरुले गरिसकेका छन् । उच्च लाभांश वितरण गर्न सक्ने सम्भावना भएका कम्पनीको शेयर दोस्रो चरणको कोरोना भाइरसको महामारी र राजनीतिक अस्थिरतामा डराइ रहेका साना लगानीकर्ताको मौकाछोपी ठूला लगानीकर्ताहरुले शेयर खरिद गरिरहेका छन् ।

चालु आर्थिक वर्षको कम्पनीले दिने लाभांश पाउन करिव तीन महिना मात्रै भएकाले पनि त्यो लाभांश प्राप्त गर्न पनि केही लगानीकर्ताले अहिले शेयर खरिद गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘एक वर्षको ब्याज तिर्नु पर्नेमा अरुले नै ९ महिनाको ब्याज तिरिसकेका छन्,’ रौनियारले भने, ‘अब तीन मनिाको मात्र ब्याज तिर्दा मात्रै पनि एक वर्ष दिने लाभांश हात पार्न सकिन्छ ।’ त्यसो भएकाले पनि अहिले लगानीकर्ताले छानिछानि शेयर खरिद गरिरहेको उनको भनाइ छ । पछिल्लो समय उच्च लाभांश वितरण गर्न सक्ने सम्भावना भएका कम्पनीको शेयर बाहिर हल्ला नै नगरी थोरै थोरै कित्ता टाठाबाठा लगानीकर्ताहरुले उठाइ रहेका छन् । लगानीकर्ताहरुबीच उच्च लाभांश वितरण गर्न सक्ने क्षमताका कम्पनीहरुको चर्चा चल्न थालेपछि शेयरको भाउ बढ्ने भएकाले पनि अहिलेदेखि नै ठूला लगानीकर्ताले शेयर उठाइरहेको ब्रोकरहरुको भनाइ छ । एक दुई महिनाभित्रमा नै ती कम्पनीहरुले यति वा उत्ती लाभांश गर्दैछन् भन्ने चर्चा बजारमा आएपछि शेयर मूल्य आकासिने सम्भावना देखिएपछि केही लगानीकर्ताहरु त्यस्ता कम्पनीको शेयर मूल्य अहिले नै खरिद गर्न थालेका हुन् । दैनिक कारोबार रकम हेर्दा पनि यसकुराको पुष्टि हुने ब्रोकरको भनाइ छ । अहिले पनि दैनिक ५ देखि ६ अर्ब रुपैयाँको शेयर कारोबार हुने गरेको छ ।

केही महिना भित्रमा नै नेप्सेमा सूचीकृत करिव एक दर्जन कम्पनीहरुले उच्च लाभांश घोषणा गर्ने चर्चा बजारमा आउने सम्भावना देखिएको छ । बजारमा हल्ला आउदा बित्तीकै ती कम्पनीहरुको शेयर मूल्य बढ्न सक्ने सम्भावना भएकाले पनि अहिलेदेखि नै लगानीकर्ताहरुले त्यस्ता कम्पनीको शेयर खरिद गर्न थालेका हुन् । लगानीकर्ताले नेप्सेमा सूचीकृत एक दर्जन कम्पनीको शेयर ‘हट केक’ बन्ने पूर्व अनुमान गरेका छन् । नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडलगायतका कम्पनीहरुले उच्च लाभांश दिन सक्ने कम्पनीको रुपमा उनीहरुले लिइएको छन् ।विगतमा लाभांश वितरण गरेको पृष्ठमूमीलाई हेर्दा पनि एक दर्जन बढी कम्पनीले यसपाली पनि उच्च लाभांश दिन सक्ने सम्भावना देखिएको छ । लाभांश बढी दिने कम्पनीको शेयर मूल्य पनि त्यही अनुसार बढ्न सक्ने अनुमान गरिएको छ ।बिगतमा पनि नेप्सेमा सूचीकृत कम्पनीहरुले भदौदेखि नै लाभांश घोषणा गर्न थालेका थिए । यसपाली पनि भदौ, असोजमा लाभांशको यति दिने र उति दिने भनेर घोषणा गर्न थाल्ने छन् । त्यतिबेला धेरैजसो कम्पनीले उच्च लाभांश दिने अपेक्षा गरेकाले पनि लगानीकर्ताले अहिलेदेखि नै धमाधम शेयर किन्न सुरु गरिसकेका छन् ।

यही कारण कोरोना भाइरसको संक्रमणले बिकराल रुप लि पनि नेप्से घटेको छैन् । बुधबार शेयर बजारमा सुधार आएर नेप्से २६७३.८८ अकंमा पुगेको छ । कारोबार रकम पनि उक्त दिन ५ अर्ब ३३ करोडको भएको छ । यतिबेला शेयर लगनीकर्ताले उच्च लाभांश पाउने अपेक्षा गदै कम्पनीको खरिद गरिरहेका छन् । बम्पर लाभांश घोषणा गर्न सक्ने सम्भावना भएका कम्पनीको शेयर लगानीकर्ताको नजरमा पर्न थालेको छ । उच्च लाभांश वितरण गर्न सक्ने कम्पनीमाथि लगानीकर्ताले आँखा लगाउन थालिसकेको ब्रोकरहरु बताउँछन् । बैंक तथा वित्तीय संस्था, माइक्रोफाइनान्स, बीमा कम्पनीलगायतका केही कम्पनीले उच्च लाभांश घोषणा गर्ने सम्भावना देखिएको छ । बम्पर लाभांशको आशाले लगानीकर्ताले ती कम्पनीको शेयर खरिद गरिरहेका छन् । नेप्सेले बनाएको यसअघिको रेकर्ड २६७५ बिन्दुलाई पछ्याउँदै नेप्से उकालो लागेको छ । सम्भवत यही साताको अन्तिम दिन बिहिबार यसअघि नेप्सेले बनाएको नयाँ रेकर्डलाई तोड्ने सम्भावना पनि त्यतिकै देखिएको छ ।उच्च लाभांश लाभांश वितरण गर्न सक्ने सम्भावना भएका कम्पनीको शेयर मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको समयमा पनि नेप्से उकालो लाग्नुमा बम्पर लाभांशको आउन सक्ने सम्भावना भएका कम्पनीको हात रहेको ब्रोकरको भनाइ छ ।

Source: merolagani

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x