एनएमबि बैंकको ऋणपत्र खुला, यसरी दिन सकिने छ आवेदन: ब्याजदर कति ?

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८.५० प्रतिशत ब्याजदर भएको दश वर्ष अवधिको डिबेन्चर निष्कासन गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार मूल्य तोकी रु.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । जस मध्ये रु.१ करोड २० लाख बराबरको १२ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.८० लाख बराबरको ८ लाख कित्ता सर्वसाधारणको तपर बाट बिक्री गर्ने बैंकले जनाएको छ । ऋणपत्र अवेदन आज (जेठ २ गते) देखी भर्न सकिने छ । डिबेन्चर भर्न छिटोमा आगामी जेठ ५ गते बैङ्किङ समय भित्र र ढिलोमा आगामी जेठ १६ गते सम्म आवेदन पेश गर्न सकिने छ । सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र वेवसाइटwww.siddharthacapital.com र एनएमबि बैंक बबरमहल तथा वेवसाइट www.nmbbanknepal.com  बाट फारम प्राप्त गरि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरको अनलाइन बाट आवेदन पेस गर्न सकिने छ ।

एनएमबि बैंक लिमिटेडले आज आइतबार (जेठ २ गते) देखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख  इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी ८ लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । एनएमबिले १० वर्ष अवधिको ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७/८८’ जारी गरेको हो ।  यसमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । एनएमबिको ऋणपत्रमा जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ १६ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x