कर्मचारीको तलब कटौतीको तयारी

काठमाडौं । निजी वायुसेवा सञ्चालकहरुले मे महिना देखि पनि हवाई सेवा सञ्चालन हुन नसके पार्किङ शुल्क छुट माग्ने र कर्मचारीको तलब कटौती गर्ने भएका छन् । निषेधाज्ञा अनिश्चित हुँदा कम्पनी धानिन नसक्ने भएकाले पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिन माग गर्नुपर्ने अवस्था आउने निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । त्यस्तै कम्पनीको खर्च कटाउन कर्मचारीहरुको तलब सुविधा पनि कटौतीको तयारी गरिएको उनले बताए । मे महिनादेखि लागु हुने गरी तलब कटौतीको तयारी गरिएको प्रवक्ता कँडेलले बताए । अहिलेसम्म सबै तलब दिएका छौं । निषेधाज्ञा लम्बिने जस्तो देखिएकाले मे देखि लागु हुने गरी आधारभूत तलब मात्रै दिने कुरा भइरहेको छ । तर सबै एयरलाइन्समा लागु भएको छैन उनले भने ।  उनका अनुसार न्यूनतम १४ हजार तलब खाने कर्मचारीको कटौती नगर्ने सो भन्दा माथिका कर्मचारीको हकमा ६०/६५ प्रतिशत दिने अरु कटौती गर्ने तयारी गरिएको छ ।सरकारले अर्को हप्तादेखि खोल्छौं भन्यो भने केही गर्नै परेन । निषेधाज्ञा लम्बिने स्थिति बन्यो भने तलब कटौती गर्नैपर्ने स्थिति हुन सक्छ  उनले भने ।संघमा यस विषयमा कुरा आइरहेपनि औपचारिक रुपमा निर्णय भने नभइसकेको उनले बताए । आजै केही एयरलाइन्सले निर्णय पनि गर्छन् होला तर त्यो उनीहरुको निर्णय हो । संघले औपचारिक निर्णय गरेको छैन । एयरलाइन्स मे महिनासम्म पनि खुलेन भने तलब कटौती गर्नुपर्ने बाध्यता हुन्छ उनले भने ।

पार्किङ शुल्क छुट माग्दै

वायुसेवा कम्पनीहरुले कर्मचारीहरुको तलब कटौतीसँगै सरकारसँग पार्किङ शुल्क छुट गर्न आग्रह गरेका छन् । निषेधाज्ञा अझै जाने देखियो । हामीले यति लामो समयसम्म जान्छ भन्ने सोचेका थिएनौँ उनले भने त्यसैले खर्च कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको छ । यद्यपी संघले औपचारिक रुपमा प्राधिकरणलाई पत्र भने पठाइसकेको छैन । प्रवक्ता कँडेलका अनुसार संघले बन्द भएको जेठ महिनादेखि बन्द खुलेको एक महिनापछिको पार्किङ छुटको माग गर्न लागेको हो । छुटको लागि अनौपचारिक रुपमा कुराकानी भइरहेको छ औपचारिकरुपमा पत्र लेखेरै छुट दिन माग गर्दैछौँ उनले भने ।
उनका अनुसार यो अवधिमा प्रत्येक एयरलाइन्सको १ करोड पार्किङ शुल्क हुन्छ । यो पार्किङ चार्जको मात्रै हो । त्यसमा २५ लाख रुपैयाँ लिनु, बाँकी ७५ लाख रुपैयाँ छुट दिन आग्रह गरिरहेको उनले बताए । संघले हाल उठिरहेको हेलिकप्टर र जहाजको पनि पार्किङ छुटको माग गर्न लागेको छ । कँडेलले उडेको जहाजहरुको अझ बढी शूल्क तिर्नुपर्ने बताए । हेलिकप्टर उडेको जहाज शुल्क बढी हुन्छ । उडेको जहाजको लागि सेक्युरिटी, नेभिगेजन ल्यान्डिङलगायतका चार्ज तिर्नुपर्ने हुन्छ । त्यसमा पनि ७५ प्रतिशत छुट दिन माग गर्न लागेको उनले बताए । जसरी पहिला छुट दिएको थियो, सोही अनुसार छुट दिन माग गर्न लागेको हो उनले भने ।
कोभिड १९ दोस्रो लहरले विकराल रूप लिएपछि सरकारले दुईसाता अघि  आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिए पनि केही समयसम्म वायुसेवा पनि नियमित सञ्चालन भइरहेको थियो । सरकारले आन्तरिकतर्फको पनि उडान अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेपछि सो अवधिको पार्किङ शुल्क छुट र कर्मचारीको तलब कटौती गर्नुपर्ने अवस्था आएको संघले वायुसेवा सञ्चालकहरुको भनाइ छ ।

Source: baahrakhari

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x