शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव, घाटमा पूजापाठ गर्ने पण्डितको यस्तो छ भनाई

उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।घाटमा पूजा पाठ गर्ने पण्डितका अनुसार पहिले पनि यहाँ ८ देखि १० वटा शव बगेर आउँथे । पछिल्लो एक महिना यो संख्या बढेर दैनिक ६०–७० शव पुगेको छ । कुनै दिन त १ सय वटा शवसम्म भेटिएको छ । एक महिनामा ४ हजारभन्दा बढी शव आइसकेको उनीहरुको भनाइ छ ।

शैव सम्प्रदायका अनुयायीहरु बेवारिसे शवलाई गाड्ने गरेका छन् । यो पुरानो परम्परा हो । श्रृंंगवेरपुर धाममा प्रयागराजको साथै प्रतापगढ, सुल्तानपुर र फैजाबाद जिल्लामा शवको अन्तिम संस्कार गरिन्छ । कोरोनाको दोस्रो लहरमा श्रृंगवेरपुर घाटमा ठूलो संख्यामा शवहरु आइरहेका छन् । जसले गर्दा दाउराको समेत कमी देखिएको छ । यसले गर्दा काठका ठेकेदारहरूले बढी पैसा पनि असुल्न सुरु गरेका छन् ।

Source : ratopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x