राष्ट्र बैंकले निषेधाज्ञामा ब्याज छुट दिन बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञा अवधिमा ब्याज तिर्ने ग्राहकलाई छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने जनाएको हो । यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस्: अब अनलाइनबाट नै केवाईसी भरेर निष्कृय रहेका खाता सुचारु गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै अनलाइनबाट नै केवाईसी भरेर निष्कृय रहेका खाता सुचारु गर्न सकिने उल्लेख गरेको हो । कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्कृय भएका खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था लागू गर्ने जानकारी गराएको हो । यस्तै, केन्द्रीय बैंकले निषेधाज्ञाभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था पनि मिलाउने भएको छ ।
Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x