जूममा आएर म:म खाँदै कोभिडका बिरामीलाई सहयोग गर्ने कि ? (म:म वर्ल्ड रेकर्ड अभियान)

काठमाडौं– कोभिड–१९ को महामारीमा यतिबेला अधिकांश मानिसहरु आफ्नो घरभित्रै छन् ।खासगरी नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएकाले घरभित्रै बस्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ ।यसैबीच, अष्ट्रेलियामा बसोबास गर्ने केही नेपालीहरुले कोभिडको यो महामारीमा घरमै बसेर, सामाजिक दुरी कायम गर्दै जूममार्फत अनलाइनमा आएर मस्म खाँदै कोभिड बिरामीहरुका लागि आर्थिक सहयोग संकलन गर्ने अभियान थालेका छन् ।उक्त अभियानबाट हालसम्म १० लाख रुपैयाँ संकलन भैसकेको छ भने जसको शत प्रतिशत रकम कोभिड पीडितहरुका लागि खर्च गरिने बताइएको छ ।अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली सञ्चारकर्मी दीपेश श्रेष्ठले आफ्ना केही साथीहरुसहितको पहलमा घरमै बसिरहेका व्यक्तिहरुलाई समेत केही सहयोग गरेको अनुभूति दिलाउँदै मानसिक रुपमा भए पनि सकारात्मक योगदान होस् भन्ने उदेश्यले यो अभियानको थालनी गरिएको हो ।सञ्चारकर्मी श्रेष्ठ भन्छन्—‘म:म बनाउँदा जसरी परिवारका सदस्यहरु एकै ठाउमा आएर बनाउने गर्छौँ त्यसरी नै यो अभियानले संसार भरिका नेपालीहरुलाइ एकै ठाउँमा ल्याउने छ ।

भनिन्छ नेपाल एउटा साझा फुलबारी हो जहाँ अनेकौं फूलहरु मिलेर बगैँचालाई सुन्दर बनाउँछ। अनेकतामा एकताको उदाहरण प्रस्तुत गर्छ सञ्चारकर्मी श्रेष्ठ भन्छन्–त्यसरी नै नाम म:म भए पनि त्यस भित्र हाल्ने गुदी अनेक थरि हुन्छ आकार अनेक हुन्छ पकाउने तरिका अनेक हुन्छ झन् अचार त कति थरि को हुन्छ हुन्छ त्यसैले म:म अनेकतामा एकताको प्रतिक हुनेछ ।’सामाजिक सञ्चालमा लोकप्रिय रहेको सञ्चारकर्मी श्रेष्ठको द दिपेश सो को आयोजनामा म:म वर्ल्ड रेकर्ड यही मे महिनाको २९ तारिक (जेठ १५ गते) शनिबार नेपालको समय अनुसार दिउँसो ४ बजे संसारभरि छरिएका नेपालीहरु एकै समय जूम मार्फत अनलाइन आएर म:म खाएर विश्व किर्तिमान कायम गर्ने जमर्को गरि रहेका छन् ।यो अभियानमा दिपेश श्रेष्ठ रहिन्द्र श्रेष्ठ र अशिश राज आचार्यको सकृय सहभागिता रहेको छ ।अष्ट्रेलियामा रहेका एक दर्जनभन्दा धेरै व्यवसायिक संस्थाले नेपालमा दु:ख पर्दा आफ्नो जिम्मेवारी बोध महसुश गर्दै कार्यक्रमलाई प्रायोजन गरेका छन् ।सञ्चारकर्मि श्रेष्ठले कलाकर्मीसंग भनेका छन्–‘सर्वसाधारणहरुले पनि आफू नेपालमा नभएर के भयो त, मानवताको कर्मलाई संसारको मानचित्रले बाँधेर राख्न सक्देन भन्ने सोचले आर्थिक सहयोग गरेका छन् । कार्यक्रमको बारेमा विष्तृत जानकारी दिन एउटा फेसबुकमा समुह पनि तयार गरेको छ जसमा ५ हजारभन्दा बढी व्यक्तिको साथ र सद्भाव छ ।

https://www.facebook.com/groups/momoworldrecord कार्यक्रममार्फत संकलन हुने चन्दा कोभिडको चपेटमा परेको दृष्टिविहिन गर्भवती महिला र अरु दर्दनाक अवस्थामा भएका संक्रमितहरुको लागि न्यानोपन संस्थाले परिचालन गर्नेछ ।न्यानोपन संस्थाका प्रमुख क्याप्टेन बिजय लामा हुन् ।बिगत दुई दशकदेखि यो संस्थाले परोपकारी कार्यहरु गर्दै आएको छ । म:म वर्ल्ड रेकर्ड का बारेमा आयोजक संस्थाका प्रमुख दीपेश श्रेष्ठसंग केही जिज्ञासा :दीपेश श्रेष्ठ यो अभियान किन ? सञ्चारकर्मी श्रेष्ठ भन्छन्–‘कोभिड माहामारीले जीवनलाई अती नै दयनिय असर पारेको बेला हामी सबैलाई सहयोगको खाँचो छ खासगरी नेपालमा । यो कार्यक्रममार्फत केही रकम संकलन भएको छ । उक्त रकमलाई कोभिड राहतको लागि परिचालन गरिनेछ । आँखाको ज्योति गुमेका गर्भवती र अन्य कोभिडले मर्माहित ब्यक्तिको लागि रकमले ठुलो सहयोग गर्नेछ यस दु:खद बेलामा ।के यो दु:खको घडीमा मनाउन लागेको उत्सब हो ?सञ्चारकर्मी श्रेष्ठ भन्छन्–‘पटक्कै होइन । यो एउटा भेला हो जसको केही उदेश्यहरु छन् । म:ममार्फत समाजसेवाको भावना उजागर गर्ने । म:मलाई संसारमा चिनाउने । नेपाल चिनुनु भनेको थप सहयोग आउनु हो । जूमबाट कोभिड नसर्ने भएकोले कार्यक्रमले यो ढाँचा लिएको ।

यो म:म नै किन ? श्रेष्ठ भन्छन्– सजिलो र एक प्रचलित हामी सबैले मन पराउने परिकार भएकोले ।कुनै राजनीतिक संस्थाले चालेको कदम हो कि ?
श्रेष्ठ- बिल्कुल होइन । सधैं खाएको म:मले आफ्नो मात्र पेट भर्यो । यो पाली कसैको जीवनमा केही सकारात्मक असर आफ्नै कोठामा बसेर पनि पार्न सकिन्छ भन्ने सोचको सुरुवात हो ।भाग लिन पैसा पर्छ ?-पर्दैन ।के म:ममार्फत काटमार प्रबर्दन गर्न खोजिएको हो ?– होइन तपाईंले साकाहारी म:म खाएर पनि भाग लिन सक्नुहुन्छ । तपाईंको आस्था विश्वाश भावनाको हामी कदर गर्छौं । चन्दा कती दिन मिल्छ ? आफ्नो हैसियत अनुसार जती पनि । चन्दा दिन सक्नु हुन्न भने पनि एकदम ठीक छ साथीहरुलाई यो अभियानको बारे भन्दिनु होला त्यो पनि ठुलो सत्कर्म हुनेछ।विदेशमा भएको नेपाली व्यापारिक संस्था र सर्बसधारणले किन अहिलेसम्म दश लाख नेपाली चन्दा दिए त ? समाजसेवाको भावना अनुभुत गरेर । आफुले खेलेको देखेको हुर्केको माटो रुख पँधेरो हिमाल पहाड आफ्नो स्मृतिपटलमा आएर र म अझै नेपाली नै हो भन्ने सोचेर ।कार्यक्रम कहिले हुन्छ ? मे २९ तारिक नेपाली समय ४ बजे ।कसरी भाग लिने ? Bit.ly/momolover चन्दा कसरी दिने ? अभियानको बारे थप जानकारी कसरी पाउने ? https://www.facebook.com/groups/momoworldrecord यस्तो बेला यो कार्यक्रम आवश्यक छ त ? यस्तो बेला नै परोपकारी संस्थाहरुलाई सहयोगको खाँचो हुन्छ । नेपाल बाहिरबाट भाग लिन मिल्छ ? सहयोग गर्न संसारको जुन कुनाबाट पनि उदार हुनुपर्छ ।

Source: kalakarmi

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x