दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा भाडाको सवारीमा यात्रु बाेक्ने जिप !

दातासँग एम्बुलेन्स भनेर ल्याइएको गाडी भाडाको सवारीमा परिणत गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर २ दमेकमा जापानको सामाजिक संस्था सन्स वल्र्ड भिजन ले एम्बुलेन्स भनेर अनुदानमा दिएको बोलेरो जिप सार्वजनिक सवारीको रूपमा प्रयोगमा ल्याइएको हो । २०७५ वैशाख पहिलो साता एम्बुलेन्सका रूपमा दाताले हस्तान्तरण गरेको जिप १ महिना नबित्दै सार्वजनिक सवारीको रूपमा प्रयोगमा ल्याइएको हो । संस्थाले स्थानीय सरस्वती प्राथमिक विद्यालयले सञ्चालन गर्ने गरी उक्त जिप हस्तान्तरण गरेको थियो । विद्यालय भवन निर्माण गरिदिएको संस्थाले एकै पटक भवन र बोलेरो हस्तान्तरण गरेको थियो । ६५ लाख उपलब्ध गराएको संस्थाले ४० लाख विद्यालय भवन र २५ लाख रुपैयाँ एम्बुलेन्स खरिदका लागि हस्तान्तरण कार्यक्रममा सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानाले बताएका थिए । हस्तान्तरणको केही समयपछि दाताले एम्बुलेन्सका लागि आवश्यक रकम नदिएको भन्दै जिपलाई सार्वजनिक सवारीको रूपमा प्रयोग गरिएको हो ।

उक्त जिप साविकको दमेक गाविस वडा नम्बर ६ मा निर्माणाधीन लक्ष्मीनारायण पञ्चदेव मन्दिरको नाममा दर्ता छ । एम्बुलेन्स भनेर ल्याएको जिप मासिक भाडा असुल्ने गरी लक्ष्मीनारायण पञ्चदेव मन्दिर व्यवस्थापन समितिले व्यक्तिलाई सञ्चालनको जिम्मेवारी दिएको स्थानीय होमनाथ सापकोटाले बताए । मलाई सम्झना छ पोखराको यादव ब्रदर्सबाट पूरा पैसा तिरेर जिप ल्याइएको हो सापकोटाले भने अहिले पूरा पैसा नआएको भन्नु गलत हो । कोरोना महामारीको समय सम्भावित परिस्थितिमा एम्बुलेन्स आवश्यक पर्ने भन्दै स्थानीयले दाताले दिएको एम्बुलेन्स खोजी गरेका छन् । एम्बुलेन्स खोजी हुँदा सार्वजनिक सवारी बनेको रहस्य बाहिर आएको हो । अहिले उक्त जिप दमेकदेखि बागलुङका यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको छ । दाताले १० लाख रुपैयाँ मात्रै दिएको हो । बाँकी रकम मन्दिरले खर्चेको छ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटा भन्छन् भन्सार छुटमा एम्बुलेन्स ल्याउने प्रक्रिया रोकिएपछि सोही जिप मन्दिरले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स ल्याउन तयार भएका फाइल अहिले पनि प्रशासनमा अड्किएका छन् ।

जैमिनी नगरपालिका कार्यपालिका सदस्यसमेत रहेका सापकोटाकै पहलमा विद्यालय भवन निर्माण र एम्बुलेन्स खरिदका लागि आएको थियो । जापानमा रहेका सोही ठाउँका विष्णु सापकोटाले संस्थासँग समन्वय गरेर ६५ लाख रुपैयाँ गाउँ भित्र्याएका थिए । हस्तान्तरण कार्यक्रममा ३५ लाखको भवन र २५ लाख रुपैयाँको जिप भनेर विवरण सार्वजनिक गरेकाहरूले नै अहिले भवनका लागि ५५ लाख खर्च भएको दाबी गर्न थालेका छन् । सार्वजनिक सवारीको रूपमा प्रयोग भएको जिपबाट हुने आम्दानी मर्मत र मन्दिरको ऋण चुक्तामा खर्च हुने गरेको सापकोटाले बताए । बिरामी लग्नुपरे आधा भाडा छुट हुन्छ । वडाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क बोक्ने गरेका छौँ सापकोटाले भने एम्बुलेन्स भनेको होइन मन्दिरले चलाउने गरी ल्याइएको हो । दमेकका स्थानीय भने मासिक ३५ देखि ४० हजार रुपैयाँ लिने गरी व्यक्तिलाई चलाउन दिएको दाबी गर्छन् । एम्बुलेन्स भनेर ल्याएको सवारी भाडामा सञ्चालन हुँदै आएको विषयमा आफूलाई जानकारी नभएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए । जैमिनी नगरपालिकालाई समेत जानकारी गराएको मन्दिरले बताए पनि एम्बुलेन्स वा मन्दिरको सार्वजनिक सवारी हो भन्ने विषयमा नगरले खोजी गरेको छैन । गाडी हस्तान्तरण कार्यक्रममा नगरप्रमुख इन्द्रराज पौडेल संविधानसभा सदस्य प्रकाश शर्मा पौडेललगायतले दमेकले एम्बुलेन्स पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
Source: palikakhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x