सगरमाथा इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं  : सगरमाथा इन्सुरेन्सले ११.५७% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले ११% बोनस सेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८६% बोनस दिएको थियो ।


Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x