सेयर बजारमा दोहोरो अंकको गिरावट, अन्तिममा १३ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको छ ।मंगलबार २७९३.८१ अंकमा बन्द भएको नेप्से प्रिओपन सेसनमा नै करिब साढे २२ अंकले बढेर २७१६.२६ अंकमा खुलेको थियो । दिनभरजसो उतार–चढाव देखिएको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २८२२.२३ अंकको ऐतिहासिक उचाइ बनाउँदा २७६९.२० अंकको तल्लो विन्दु कायम गरेको थियो । नेप्सेले २८०० अंकको विन्दु पार गरेको पहिलोपटक हो ।बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकममा भने बुधबार इतिहास रच्दै करिब १२ अर्ब पुगेको छ । मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको बजारमा आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजारको कारोबार भएको छ । निष्धाज्ञाले गर्दा व्यापार–व्यवसाय सबै बन्द हुँदा व्यापारी सेयर बजारमा सक्रिया भएको धितोपत्र दाला व्यवसायीहरु बताउँछन् । जसले गर्दा बजारमा कारोबार रकम एकाएक बढेको छ । गत साता ७ अर्बभन्दा तलको कारोबार भइरहेको बजारमा यो साता भने लगातार उच्च रकमको कारोबार भइरहेको छ ।

नेप्सेमा आज बजारलाई लिड गर्ने बैंकिङसँगै व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फन्ड उपसूचकमा वृद्धि हुँदा त्यसबाहेक सबै उपसूचक घटेको छ । बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढे पनि हाइड्रोपावर उपसूचक २.११ प्रतिशत, विकास बैंक उपसूचक, १.६७ प्रतिशत, लगानी उपसूचक १.७६ प्रतिशत निर्जीवन बिमा उपसूचक १.१ प्रतिशत, उत्पादन उपसूचक १.११ र अन्य उपसूचक १.२२ प्रतिशतले गिरावट भएको छ । जसले गर्दा नेप्से पनि करेक्सन भएको हो ।यता, होटेल तथा पर्यटन उपसूचक ०.४१, व्यापार उपसूचक ०.८६ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.०८ अंकले घटेर ४९६.१४ अंकमा बन्द भएको छ । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख १८ हजारको कारोबार भएको छ । यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख ७३ हजार र नेसनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा समता घरेलु लघुवित्त, रुरु जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । यता, ङ्यादी ग्रुप पावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्दा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ५.७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

Source: baahrakhari

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x