नेष्डो समृद्ध लघुवित्तको आइपीओ निश्काशन , बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ जारी गर्न ग्लोबल आयएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो। यसको लागि लघुवित्तले बुधबार ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

यो पनि पढ्नुहोस्: सिद्धार्थ इन्स्योरेन्स (SIL) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा भच्र्युअल माध्यमबाट १९ औं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ता पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ १३ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x