प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित, बोनस शेयर कति ?

इन्स्योरेन्स कम्पनीको आज सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधीलाई वितरण गर्ने लाभांश पारित गरेको छ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तिव्र प्रतिष्पर्धाका बावजुत पनि कम्पनीले सफल र फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको दाबी गरिन् ।

यो पनि पढ्नुहोस्:
काठमाडौं : सेयर बजार सूचक ‘नेप्से’ बिहीबार सामान्य वृद्धि भएको छ । फाइनान्स र डेभलपेमन्ट बैंक समूहमा बढी चमक आएको छ । वाणिज्य बैंक समूहमा पनि सुधार आएको छ । खरिदबिक्री रकम पनि ९ अर्ब ३० करोड रुपैयाँभन्दा माथि रहेको छ । अघिल्लो दिनको तुलनामा कम भए पनि औसतमा यो खरिदबिक्री भोलुम राम्रो हो । केही दिनदेखि लगातार बढेको बजारमा बुधबार केही करेक्सन भएको थियो । करेक्सन हुँदा पनि बुधबार अहिलेसम्मकै धेरै रकमको सेयर खरिदबिक्री भएको थियो । यस्तै बिहीबार पनि बजारमा क्रेता र बिक्रेताबीच निकै घम्साघम्सी चलेको देखियो । घटबढको घम्साघम्सीबीच अन्ततः नेप्से सूचक हरियै भएर बन्द हुन सफल भएको छ ।  दिनभरको कारोबारमा भने नेप्से सूचक बढ्ने अनि फेरि बेलाबेलामा घटेर रातो  हुुने प्रवृत्ति पनि देखियो । भाउ घटेर कम्पनीको मूल्य रातो संकेतमा गएपछि फेरि तुरुन्तै खरिदकर्ता आउने गरेको पाइयो । फलस्वरुपः नेप्से सूचक फेरि हरियो भइहाल्ने प्रवृत्तिसमेत देखियो । यसबाट बजारमा नाफा बुक गर्न चाहनेहरु पनि पर्याप्त रहेको अनुमान लगाउन सकिन्छ । फेरि, यही बेला थोरैमात्र सस्तो भाउमा सेयर पाउने बित्तिकै किन्न खोज्नेहरुको समूह पनि ठूलो रहेको बुझ्न सकिन्छ । किन भने थोरै भाउ घट्ने बित्तिकै क्रेता आइहाल्ने र उक्त कम्पनीको भाउ फेरि वृद्धि भएको देखिन्छ ।

अल्पकालमा नाफा बुक गर्नेहरु हावी हुनुलाई अस्वभाविक मान्न सकिन्न् । किन भने ट्रेडरहरुले थोरै नाफा हुने बित्तिकै बेचिहाल्छन् । तर दीर्घकालीन लगानीकर्ताका लागि भने यसबाट खासै फरक पर्दैन । उनीहरुले अलि लामो अनि निश्चित अवधि निर्धारण गरेर राम्रा कम्पनीहरु होल्ड गरेका हुन्छन् । जसबाट दीर्घकालमा मनग्ये लाभ लिने यस्ता लगानीकर्ताको रणनीति रहेको हुन्छ । यसर्थ आम लगानीकर्ताले अल्पकाल मध्यकाल वा दीर्घकालीन कुन र कति अवधिकालाई सेयर होल्ड गर्ने भन्ने पूर्वयोजना बनाउन जरुरी हुन्छ । सेयर बजारमा अल्पकालमा धेरै पक्षहरुको प्रभाव देखिन सक्छ । तर दीर्घकालमा भने मुलुकको अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थामा हुने अधिक तरलता, सस्तो ब्याजदरको अहम भूमिका रहन्छ । यी पक्षहरु ठीक हुँदासम्म सेयर बजार धेरै नबिग्रिने विश्लेषकहरु बताउँछन् । बजार घटेका बेला लगानीकर्ताहरुले आफ्नो वित्तीय अवस्था अनि जोखिम बहन क्षमतालाई मध्यनजर गर्दै सकेसम्म होल्ड गर्न सक्नुपर्छ । घटेका बेला सस्तो भाउमा किन्ने त्यसो गर्न नसके पनि भएका सेयरहरु होल्ड गर्न सके बढेका बेला प्रचुर लाभ लिन सकिन्छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान ओगट्ने गर्छ । यसर्थ सानातिना घटनालाई आधार मानेर लगानीकर्ताले मनोविज्ञान कमजोर बनाउनु हुँदैन । सकारात्मक र दृढ विश्वास लगानीकर्तामा विकास हुन आवश्यक हुन्छ । घटेको बजार फेरि माथि जान्छ भन्ने पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ । सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर किन्नुपर्छ । यसो गर्न सकेमा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन ।

खरिदबिक्री रकममा ३४ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः बैंक अफ काठमान्डू र नेसनल लाइफm इन्सुरेन्स परेका छन् । ८ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । १३ समूहमध्ये ५ समूहको भाउ वृद्धि भएको भने बाँकी समूह घटेका छन् । २१४ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।


Sourccce:
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x