घरमा नराख्नुहोस् बन्द भएको घडी लगायत यि बिभिन्न वस्तुहरु, राम्राे हुँदैन

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ ।
फुटेका के के सामान नराख्ने त ?
फुटेका भाँडा
तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्छ यो ।भाँचिएको खाट घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ । बन्द भएको घडी बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बिग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।
फुटेको ऐना  वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ । भाँचिएको ढोका तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् । फुटेको तस्वीर  फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।
भाँचिएको फर्निचर घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर । टुटेफुटेका वस्तु एकदिन न एकदिन त फाल्नुपर्छ नै । घरमा साँचेर राख्दा बेकारमा वास्तु बिग्रन्छ । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुस् ।

Source: lokaantar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x