अमेरिकामा कोरोना खोप लगाउनेलाई ५० लाख डलरको चिठ्ठादेखि गभर्नरसँग डिनर अफर

काठमाडौं : अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन प्रत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रम बढेको छ । न्यु योर्क राज्यले कारोना विरुद्धको खोप लगाउनेलाई लटरी टिकट दिने कार्यक्रम सुरु गरेको छ । न्यु योर्क राज्यले आफ्ना नागरिकहरुलाई खोप लगाउन प्रोत्साहन गर्ने उद्दश्यले ‘भ्याक्स एन्ड स्क्र्याच’ लटरी कार्यक्रम सुरु गरेको हो । न्यु योर्कका गभर्नरले बिहीबार पत्रकार सम्ममेलन गर्दै लटरी कार्यक्रम सुरु गरिएको जानकारी गराएका छन् ।यस कार्यक्रम अन्तर्गत कोरोना विरुद्धको खोप लगाउने प्रत्येक व्यक्तिले २० डलर मूल्य पर्ने लटरी टिकट निःशुल्क पाउनेछन् । उक्त लटरीको अधिकतम पुरस्कार राशी ५० लाख डलर रहेको छ । लटरीमा साना साना पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ । लटरी कार्यक्रम मे २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । राज्यद्वारा सञ्चालित १० वटा खोप केन्द्रमै लटरी टिकट दिइने भएको छ ।

पछिल्लो समय न्यु योर्कमा खोप लगाउने नागरिकको संख्या घट्दो क्रममा देखिएपछि लटरी कार्यक्रम सुरु गरिएको हो । हालसम्म न्यु योर्कमा १८ वर्ष भन्दा माथिका ५३% नागरिकहरुले खोप लगाइसकेका छन् । यता, अमेरिकाका अन्य राज्यहरुले पनि खोप लगाउन प्रोत्साहन गर्ने उद्दश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । न्यु जर्सीका गर्भनर फिल मर्फीले खोप लगाउनेलाई राज्यद्वारा सञ्चालित पार्कहरुमा निःशुल्क प्रवेश तथा निःशुल्क वाइनको व्यवस्था गरेका छन् । साथै, साथै खोप लगायनेले मर्फी र उनकी पत्निसँग निःशुल्क डिनर गर्न पाउनेछन् । आहायोका गभर्नर माइक डिवाइनले पनि खोप लगाउनेका लागि १० लाख डलरको लटरी तथा छात्रवृत्ति रकमको व्यवस्था गरेका छन् ।

Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x