यस साता रेकर्डहरु ब्रेक गर्दै अघि बढेको सेयर बजार : यी कारणहरुले बढ्यो नेप्से

काठमाडौं : यस साता पुँजी बजार पुनः रेकर्ड ब्रेक गर्न सफल भएको छ । मंगलबार नेप्से सूचकले र बुधबार दैनिक कारोबार रकमले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । मंगलबार नेप्से अलटाइम हाई २७९३.९० मा विन्दुमा बन्द भएको थियो । यस्तै, बुधबार दैनिक कारोबार रकम हालसम्मकै उच्च ११.९० अर्ब रुपैयाँ कायम भएको थियो । अन्तिम दिन बिहीबार नेप्से सूचक २७८७.१९ विन्दुमा बन्द भएको छ । जुन गत साताको अन्तिम विन्दु २६८४.०१ को तुलनामा ३.८४% धेरै हो । सेयर कारोबार रकम साताभर ९.२ अर्ब रुपैयाँ भन्दा माथि नै देखिएको छ । अन्तिम दिन बिहीबार कारोबार रकम ९.२८ अर्ब रुपैयाँ र बजार पुँजीकरण ३८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

गत साताको तुलनामा कारोबार रकममा यस सता उल्लेख्य सुधार आएको छ । बिहीबार सबैभन्दा थोरै ९.२८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै बुधबार ११.९० अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । औसतमा यस साता दैनिक १०.४८ अर्ब रुपैयाँको सेयर कारोबार भएको देखिन्छ ।
बजारमा किन आयो बहार ? यस साता सेयर बजारमा नयाँ–नयाँ रेकर्डहरु बन्न सक्नुमा केही विषयलाई प्रमुख कारण मानिएको छ । जसमा सेयर बजारको सिजन सुरु हुनु कोरोनाका कारण जारी निषेधाज्ञाका कारण अरु व्यापार व्यवसाय ठप्प हुँदै सबैको ध्यान सेयर बजारमै केन्द्रित हुनु रहेको छ । यस्तै बैंकहरुले निक्षेपको ब्याजदर अझै घटाउनु वित्तीय प्रणालीमा अधिक तरलता बुल रनको निरन्तरता अनि मुलुक विस्तारै चुनावी माहोलमै जान सक्ने आँकलन रहनुलाई कारणहरु मानिएको छ । यी सबै पक्षले सेयर बजारलाई एकसाथ सहयोग गर्दा बजारमा नयाँ कीर्तिमानहरु कायम भएका हुन् । बढेको बजारमा केही करेक्सनहरु आउनु स्वभाविक भए पनि केही समयपछि बजार पुनः माथितिरै जाने विश्लेषणहरु भइरहेका छन् ।
सूचीकृत समूहहरुको प्रदर्शन 
यस साता अधिकांश सूचीकृत समूहमा आकर्षक सुधार देखिएको छ । उत्पादनमूलक समूहमा भने १.७३% गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स समूहमा १४.८८% वृद्धि भएको छ । त्यसपछि, विकास बैंक ९.४३% र होटल तथा पर्यटन समूह ६.६१% ले बढेको छ ।

धेरै कमाउने : यस साता सबैभन्दा धेरै कमाउनेको सूचीमा समता घरेलु लघुवित्तका लगानीकर्ता अघि आएका छन् । समता घरेलुको सेयर भाउ एक सातामै ६०.८९% ले बढेको छ । दोस्रोमा रुरु जलविद्युत परियोजनाको सेयर भाउ ४०.६३% र तेस्रोमा नेपाल फाइनान्सको ३५.०८% ले वृद्धि भएको छ ।


धेरै गुमाउने : यस साता बोटलर्स नेपाल (तराई) को सेयर भाउ सबैभन्दा धेरै ८.०७% ले घटेको छ । दोस्रोमा लिबर्टी इनर्जीको भाउ ३.८८% र तेस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको भाउ ३.८०% ले घटको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x