‘राष्ट्रपतिलाई तपाई भन्ने समेतको सभ्यता कांग्रेसमा रहेनछ’- केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सम्बोधनप्रति आपत्ति जनाएका छन् ।सभापति देउवाले सरकारको कदमविरुद्ध निकालेको विज्ञप्तीमा राष्ट्रपतिलाई सम्मानजनक सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले तपाई भनेर सम्बोधन गर्ने समेतको सभ्यता कांग्रेसमा नरहेको टिप्प्णी गरे । उनले भने राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी गरिन् भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका छन् । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले भने तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले देउवाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको भाषाप्रति आक्रोश पोखे । शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट तिमी उनी यस्तो गरिन् भनिएको छ उनले भने । उनले देशलाई असभ्यतातिर लान खोजिएको जिकिर गरे । पुष्पकमल दाहालले बोलेका वचन लगाएका आरोप करिब ०६३ सालदेखि १५ वर्षका आरोप गालीगलौजको भाषा हेर्ने हो भने यति गम्भीर आरोप लगाइएको छ मान्छेहरुलाई असभ्यताको पराकाष्ट देखिन्छ । संस्कारहीनताको पराकाष्ट देखिन्छ ओलीले भने ।अरु नेताले पनि त्यस्तै बोलेर समाजलाई असभ्यतातिर धकेल्न खोजिएको उनले बताए ।

Source: nepalnews

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x