सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

९ जेठ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय १६ माथि पुगेर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गरे । संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलन गरिएको थियो । आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक १ बजेर १३ मिनेटमा १ हजार ६ सय १६ दशमलव ५४ अंकमा पुगेको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं :सुनको भाउ आइतबार प्रोतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x