अस्पतालमा बेड तथा आइसियू खाली भए/नभएको अब अनलाइनबाटै हेर्न सकिने, (यसरी लिनुहोस् जानकारी)

अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने भएको छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब बेवसाइटबाटै कुन अस्पतालमा कति बेड तथा आइसीयू खाली छ छैन भनेन हेर्न र जानकारी लिन सकिने व्यवस्था गरेको छ । कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ । अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउँछ । उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बरको जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ ।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x