खाद्यान्न आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुहोस्, घरमै आइपुग्छ सामान

आज अर्थात शुक्रबारदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई गर्दै किराना पसल र डिपार्टमेन्टल स्टोर नखोल्न जिल्ला प्रशासनले निर्देशन जारी गरिसकेका छन् । शुक्रबारदेखि जेठ २० गतेसम्म किराना पसल र डिपार्टमेन्टल स्टोर नखुल्ने भएपछि काठमाडौं प्रशासनले खाद्यान्न खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कसैलाई अत्यावश्यक खाद्य वस्तु नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गर्न सकिने छ । अत्यावश्यक खाद्य वस्तु मगाएपछि नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मोबाइल गाडी मार्फत स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रीको व्यवस्था मिलाइएको छ । खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका व्यक्तिहरुलाई सम्पर्क गर्न प्रशासनले नम्बर उपलब्ध गराएको छ ।

यी हुन् प्रशासनले उपलब्ध गराएका नम्बर

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत, मोहनप्रकाश चन्दः ९८५१३२०३१४ विभागीय प्रमुख, भिमबहादुर थापाः ९८५११३६७८५ प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापाः ९८५११२७८८ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठः ९८५१०२२५६४ नायब कार्यकारी अधिकृत, कुमार राजभण्डारीः ९८५१०३३३०३ विभागीय प्रमुख, सबल रिजालः ९८५१११३६६० अधिकृत, प्रज्वल प्रधानः ९८४१३३२९९०, ९८१३२७२५६३

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x