नेपाली युट्युब ट्रेन्डिङमा भारतीय कन्टेन्टको दबदबा

काठमाडौं । भारत र नेपालको धेरै कुरा मिल्दोजुल्दो छ । यस्तै भारतीय मनोरञ्जनको अन्तर्राष्ट्रिय बजारमध्ये नेपाल पनि एक हो । नेपालमा भारतीय मनोरञ्जन क्षेत्रको लोकप्रियता बढ्दो छ । भारतीय मनोरञ्जनका सामग्री नेपालमा प्रायः धेरैले हेर्छन् ।  यसको पछिल्लो उदाहरणमा नेपाली युट्युब ट्रेन्डिङमा रहेका भारतीय कन्टेन्टहरुले प्रस्ट्याउँछ । अहिले युट्युबको ट्रेन्डिङ लिस्ट हेर्ने हो भने एकदेखि चारसम्म भारतीय कन्टेटकै वर्चस्व छ । हाल ट्रेन्डिङको पहिलो स्थानमा हिन्दी डब दक्षिण भारतीय चलचित्र ‘भोटर’ रहेको छ । एक हप्ता अघि मात्रै युट्युबमा आएको यो भिडियो हालसम्म दुई करोड ७६ लाख बढिले हेरिसकेका छन् । दोस्रो स्थानमा मोबाइल गेम ‘फ्रि फायर’ को दुई भारतीय युवाले ‘फ्रि फायर वल्र्ड २०२१’ सिरिजको फिनालेको बारेमा कुरा गरिरहेका छन् । जहाँ विश्वभरीबाट मोबाइलमार्फत फ्रि फायर गेम खेल्ने खेलाडिहरुबाट छानिएकाहरु सिंगापुरमा भएको फिनालेमा बसेर खेलेका छन् । फिनालेमा ६ राउन्ड पार गरेर अन्तिम राउन्डसम्म आफूलाई लगेर विजेता हुनेछन् । युट्युबमा आएको १२ घण्टामै यस भिडियो ६ करोड १७ लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यस्तै युट्युब ट्रेन्डिङ ३ मा, अहिले महामारीमा विश्वभरी नै चर्चित अनलाइन कक्षालाई व्यांग्यात्मक र हास्यास्पद शैलीमा प्रस्तुत गरिएको छ । चौथौ नम्बरमा फेरि पनि हिन्दी डब दक्षिण भारतीय चलचित्र ‘द कुंग फु मास्टर’ रहेको छ ।यस्तै युट्युब ट्रेन्डिङको पाँचौं, छैठौं र सातौं स्थानमा पनि विदेशी कन्टेन्टकै दबदबा देखिएको छ । आठौं स्थानमा मात्रै नेपाली कन्टेन्ट देख्न सकिन्छ । अहिले मात्रै होइन युट्युबको नेपाल च्याप्टरमा यस्तो ट्रेन्डिङ धेरैपटक देखिन्छ ।

यो पनि पढ्नुहोस्:

मुम्बई– सन् ९० को दशकमा सफलताको शिखर चुम्न सफल अभिनेत्रस्द्वय माधुुरी दिक्षित तगा जूही चावलाले सन् १९८८ मा फिल्मी संसारमा करिव संगै पाइला राखेका थिए । दुबैले प्रायस् सबै प्रख्यात अभिनेताहरुसंग सुपरहिट फिल्महरुमा काम गरेका छन् । यद्यपि माधुरी र जूही दुबैले फिल्म उद्योगभन्दा बाहिरका पुरुषसंग विवाह गरे । जूही चावलाले सनु १९९५ मा बिजनेसम्यान जय मेहतासंग विवाह गरिन् भने माधुरीले १९९९ मा डाक्टर श्रीराम नेनेसंग विवाह गरिन् ।आखिर किन यी दुवै अभिनेत्रीले फिल्मका कलाकारसंग विवाह गरेनन् त ? यस बारेमा के भन्छन् यी दुबै अभिनेत्रीहरु : यी दुवै अभिनेत्रीले एउटा शोमा आफूहरुले फिल्मका हिरोहरुसंग विवाह नगर्नुको बारेमा खुलेर कुरा गरेका छन् । माधुरी भन्छिन् –‘मैले शाहरुख खानसंग विभिन्न फिल्ममा काम गरेँ त्यस्तै सलमानसंग पनि धेरै फिल्म गरेँ भने आमिर खानसंग दुईवटा फिल्ममा काम गरेँ तर कहिले पनि उनीहरुलाई मन पराउने दृष्टिले हेरिन । उनीहरुसंग विवाह गर्ने बारेमा सोच नै आएन । मेरो श्रीमान् नै मेरा लागि हिरो हुन् । जूही भन्छिन् –मेरा श्रीमान् जय मेहताले मलाई आकर्षित गरिसकेका थिए । उनले मलाई फूल कार्ड र उपहारहरु पठाउँथे । हिरोहरु सबै सुन्दर छन् र म उनीहरुलाई सम्हाल्न सक्छु जस्तो लाग्दैन । म जब ऐनामा आफूलाई हेर्छु एउटा कलाकारको रुपमा म केवल आफुमा नै हराउँछु म आफूजस्तै अर्को मानिससंग विवाह गर्न सक्दिन थिएँ । यस बारेमा मेरो सोच स्पष्ट थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x