एसईई परीक्षाको नतिजा यसरी सार्वजनिक गरिदै ( सम्पूर्ण जानकारी )

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दियो । यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । यद्यपि संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् । गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका थिए । एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको थियो ।Source: hbaahrakhari

यो पनि पढ्नुहोस्:

चीन सरकारले अनुदानमा दिने भनिएकको कोरोना भाइरस विरूद्धको ८ लाख डोज खोप आज (मंगलबार) नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत काठमाडौंआउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप आज ९मंगलबार० दिउँसो ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ । उक्त खोप लिन सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ उडेको हो । एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइनेछ। यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x