इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा निषेधाज्ञाकै बीच सीजीले सुरु गर्यो उपत्यकामा इन्टरनेट सेवा

सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ । कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल कुमारीपाटी कीर्तिपुर नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ । यस्ता छन प्याकेज सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै मासिक तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ । सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार सीजी नेटको सेवा प्रारम्भ गरिएको बताए । नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी नराख्ने चौधरीको भनाई छ । यसबाहेका कम्पनीको अन्य इन्टरनेट सम्बन्धी जनकारीको लागी  : यहाँ जानुहोस् ।

यो पनि पढ्नुहोस् ” अब सामाजिक सुरक्षा कोषमा योगदान रकम खल्तीमार्फत जम्मा गर्न सकिने : अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताले श्रमिकहरुको योगदान रकम डिजिटल प्रविधि खल्तीमार्फत जम्मा गर्न सक्ने भएका छन्। योगदान रकम जम्मा गर्न थप सहज बनाउँन कोषले यो सुविधा थपेको हो। अब तपाइँले खल्तीमार्फत आफ्नै मोबाइलबाट श्रमिकहरुको योगदान रकम कोषमा जम्मा गर्न सक्नुहुन्छ। जसका लागि तपाइँले मोबाइलको खल्ती एप वा कुनै ब्राउजरमा गएर जततउस्ररप्जबतिष्।अयm मा लगइन गर्न सक्नुहुन्छ। खल्तीको गभर्मेन्ट सर्भिस भन्ने अप्सनमा गइ सोसल सेक्युरिटी फण्ड छान्नुहोस्। त्यहाँ एसओएसवाईएसको कलेक्सनबाट प्राप्त नम्बर राख्ने अप्सन रहेको छ। त्यो नम्बर राखेपछि नेक्स्ट अप्सनमा क्लिक गर्ने। त्यसपछि रकम जम्मा गर्न सकिन्छ। कोषमा सूचीकृत रोजगारदाताले श्रमिकहरुको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम मासिक रुपमा नियमित जम्मा गर्नुपर्ने व्यवस्था छ।कुल ३१ प्रतिशत मध्ये २० प्रतिशत रोजगारदाताको तर्फबाट र ११ प्रतिशत श्रमिकको तर्फबाट जम्मा गर्नुपर्छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x