मे महिनामा एसियाकै उत्कृष्ट सूचीमा भारतको सेयर बजार

काठमाडौं : भारतको सेयर बजार मे महिनामा एसिया प्रसान्त क्षेत्रकै उत्कृष्ट प्रदर्शन गर्नेमध्ये एकमा परेको छ । दैनिक लाखौंको संख्यामा कोरोना संक्रमितहरु थपिंदा भारतमा अर्थतन्त्रका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । तर महामारीका बीच पनि भारतीय सेयर बजारको प्रदर्शन भने राम्रो देखिएको छ । मे महिनामा भारतको प्रमुख सेयर बजार ‘बीएसई सेन्सेक्स’ ६.४७% र ‘निफ्टी ५०’ ६.५% ले वृद्धि भएको छ । यस महिना एसिया प्रसान्त क्षेत्रमै उत्कृष्ट प्रदर्शन भने भियतनामको सेयर बजारले गरेको छ । मे महिनामा भियतनामको ‘भिएन इन्डेस्क’ ७.१५% ले वृद्धि भएको छ । ताइवनको सेयर बजार भने कोरोना संक्रमितको संख्या बढेसँगै प्रभावित बन्न थालेको छ । ताइवानको ‘ताइएक्स’ २.८४% ले घटेको छ । भारतको सेयर बजारले कोरोना संक्रमणदरलाई नभई आर्थिक तथा कर्पोरेट आम्दानीलाई ध्यानमा राखेकाले महामारीबीच पनि प्रदर्शन राम्रो देखिएको विश्लेषकहरुले बताएका छन् । सेयर बजार बर्तमानमा नभई भविश्यमा बाँच्ने कथन पनि भारतको सेयर बजारमा लागू भएको छ । कोरोना संक्रमणको दर घट्दै जाने र अर्थतन्त्र पुनः लयमा फर्किने विश्वासमा भारतीय लगानीकर्ता देखिएका छन् ।
यो पनि पढ्नुहोस्:
काठमाडौं : सेयर बजारमा सामान्य करेक्सन भएको छ । केही दिन बढेको बजारबाट नाफा बुक गर्नेहरु हावी भएपछि नेप्से प्रभावित भएको हो । सूचकका साथमा खरिदबिक्री रकममा पनि ह्रास आएको छ । औसतमा खरिदबिक्री रकम राम्रो भए पनि अघिल्ला दिनहरुको तुलना गर्दा भने भोल्यूममा गिरावट देखिएको हो । यसअघि अधिकतम १७ अर्ब रुपैयाँसम्म सेयर कारोबार भइसकेको छ । मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बढ्दोक्रममा रहेको बजार केन्द्रीय बैंकको पछिल्लो निर्देशन तथा बजेटपछि पनि माथितिरै लागेको थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा बन्देज लगाएको छ । यस्तै, बजेटमार्फत १ वर्षभन्दा कम अवधिको सेयर कारोबारमा ७.५% पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ । यी दुवै प्रावधानलाई सेयर बजारले सजिलै पचाएको थियो । तथापि, यसरी वृद्धि भएको बजारबाट नाफा बुक गर्नेहरु हावी हुँदा मंगलबार नेप्से प्रभावित भएको हो । सोमबार पनि सूचक केही घटेको थियो । यसलाई विश्लेषकहरुले नाफा बुक गरेपछिको सामान्य करेक्सनका रुपमा लिएका छन् । सेयर बजार सधैं बढिरहने वा घट्नेमात्र गर्दैन । तलमाथि हुँदै अघि बढ्ने गर्छ । यो बजारको स्वभाविक प्रक्रिया भएकाले सामान्यरुपमा लिनुपर्ने विश्लेषकहरुको भनाई रहेको छ । घटेको बजार फेरि वृद्धि हुन्छ भन्ने बिर्सिनु हुँदैन ।

हाम्रो बजारमा पछिल्ला दिनहरुमा ट्रेडरहरु पनि निकै सक्रिय रहेका छन् । अहिले त अझ थोरै नाफामै छिटोछिटो बुक गर्ने प्रवृत्तिसमेत विकास भएको पाइन्छ । सोही आधारमा बजार अलिकति बढेपछि सूचक फेरि तल झर्ने गरेको हो । कतिपय विश्लेषकहरु भने केही बढेपछि बजार करेक्सन हुन जरुरी हुने बताउँछन् । करेक्सन हुँदै अघि बढेको बजार दिगो, भरपर्दो र बलियो हुने उनीहरुको भनाई रहेको छ । सेयर बजार समग्रमा बुल रनमा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ । सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन । २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । नेप्से सूचक ११.६८ अंकले घटेर २७७१.१५ विन्दुमा अडिएको छ । १३ मध्ये ३ वटा समूहको सूचकमा वृद्धि भएको छ ।

कालिका पावरको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ५७ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा राधी हाइड्रोपावर परेका छन् ।


Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x