यस्तो छ निको हुने संक्रमितको तथ्यांक, मन्त्रालयले कसरी तयार पार्छ संक्रमणमुक्त हुनेको विवरण?

होम आइसोलेसनमा रहेर निको भएकाको रिपोर्ट मन्त्रालयसम्म कसरी पुग्छ?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन कोरोना संक्रमणबाट ६ हजार भन्दा बढी बिरामी निको भएको तथ्यांक सार्वजनिक गर्दै आएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गते एक दिन ९ हजार ८४१ जना निको भएको विवरण सार्वजनिक गर्‍यो । सामान्य रुपमा बुझ्दा बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज हुन्छन् र उनीहरु डिस्चार्ज भएको बेड खाली हुन्छ। तर स्वास्थ्य मन्त्रालयले ९ हजार कोरोना संक्रमित निको भएको तथ्यांक सार्वजनिक गर्दा पनि अस्पतालहरुमा नयाँ संक्रमितका लागि भने आइसोलेसन, आइसीयू र भेन्टिलेटर सहितको बेड अभावकै अवस्था थियो । स्वास्थ्य मन्त्रालयले हाल दैनिक ६ हजारभन्दा बढी कोरोना संक्रमति निको भइरहेको तथ्यांक सार्वजनिक गर्दै आइरहेको छ।

हेरौं निको भएका बिरामीको १८ दिनको तथ्यांक

जेठ १ –५४५५ जना जेठ २ –६६४८ जना जेठ ३ –५७६७ जना जेठ ४ –६८९१ जना जेठ ५ –७९८९ जना जेठ ६ –६५४३ जना जेठ ७ –७८९० जना जेठ ८– ८८४८ जना जेठ ९ – ७६६४ जना जेठ १० –७१३५ जना जेठ ११ –६४०४ जना जेठ १२ –६७१६ जना जेठ १३ –७२२६ जना जेठ १४ – ९८४१जना जेठ १५ –६०८० जना जेठ १६ –६२०५ जना जेठ १७ –६४९१ जना जेठ १८– ६८९८ जना

स्वास्थ्य मन्त्रालयले निको भएका बिरामी भनेर दैनिक सार्वजनिक गर्ने यो विवरण देशभरका अस्पतालबाट डिस्चार्ज भएका बिरामीको संख्या हो? यो प्रश्न धेरैको मनमा उठेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीकले अन्तराष्ट्रिय अभ्यास तथा स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार हिसाब गरेर संक्रमित निको भएको विवरण तयार पार्ने गरेको जानकारी दिए। सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएर कुनै पनि लक्षण नभइ होम आइसोलेसनमा रहेका व्यक्तिलाई संक्रमण पुष्टि भएको १० दिनपछि निको भएको मान्न सकिन्छ। लक्षण नभएका तर कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले १० दिनपछि अन्य संक्रमण नभएका व्यक्तिले जस्तै जनस्वास्थ्यको मापदण्ड पालना गरी आफ्नो दैनिक कार्यमा फर्कन सक्ने समेत डा अधिकारीले बताए।

तर, लक्षण छ भने लक्षण देखिन छाडेको तीनदिनपछि आफूलाई संक्रमणमुक्त भएको भनेर व्यक्तिले नै स्वघोषणा गर्न सकिने उनले जानकारी दिए।
डा अधिकारीको यो भनाइ अनुसार कोरोना संक्रमण पुष्टि भएर लक्षण नभएका व्यक्तिले १० दिनपछि आफू संक्रमणमुक्त भएको स्वघोषणा गर्न सक्छन् भने लक्षण भएका संक्रमितले लक्षण बिहीन भएको तीनदिनपछि संक्रमणमुक्त भएको स्वघोषणा गर्न सक्छन्।
यस्तै, अस्पतालमा भर्ना भएर उपचाररत संक्रमितको हकमा अस्पतालबाट डिस्चार्ज भएको आधारमा निको भएको मानी अस्पतालहरुले उक्त विवरण स्वास्थ्य मन्त्रालयमा अध्यावधिक गराएपछि उनीहरुलाई सक्रिय संक्रमितको सूचीबाट हटाइन्छ। र, उनीहरुलाई निको भएको मानिन्छ।
स्वास्थ्य मन्त्रालयले हरेक दिन २ बजेपछि अर्को दिनको २ बजेसम्मको रिपोर्टलाई २४ घण्टाको रिपोर्टको आधारमा विवरण तयार पारिन्छ।

निको भएका संक्रमितको विवरण तयार पार्दा होम आइसोलेसनमा रहेर निको भएको स्वघोषणा गर्नेको रिपोर्ट स्वास्थ्य मन्त्रालयसम्म कसरी आइपुग्छ?
हाम्रो प्रश्नमा डा अधिकारीले भने, ‘संक्रमण भएको व्यक्तिमा स्वास्थ्य जटिलता भएर अस्पताल जानुपर्ने अवस्था १० दिन अगाडी नै हुन्छ, यदी संक्रमण भएको व्यक्ति १० दिनसम्म अस्पतालमा गएन भने त्यो व्यक्ति निको हुने फेजमा जान्छ, त्यो आधारमा उहाँहरु डिस्चार्ज भएको लिष्टमा पर्नुहुन्छ।’
डा अधिकारीले यसरी स्वास्थ्य मन्त्रालयले डिस्चार्ज भएको मान्ने गरेका बिरामी १० दिनपछि अस्पताल पुगेमा फेरि उनीहरुको विवरण सक्रिय संक्रमितमा गनिने पनि जानकारी दिए।
‘यदी १० दिनपछि अस्पताल गएको छ भने त अस्पतालबाट विवरण आउँछ र सक्रिय संक्रमित भनेर बुझिन्छ।’
यस्तै कतिपय कोरोना संक्रमितहरुमा कोभिडको कम्प्लिकेसन रहेपनि पिसिआर रिपोर्ट नेगेटिभ आइसोकेको हुन्छ। नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा केही बिरामीको रिपोर्ट नेगेटिभ आएपछि घर तथा अस्पतालमा थप उपचार गर्दागर्दै मृत्यु समेत भइरहेको छ।

यसरी मृत्यु भएका बिरामी अस्पातलमै उपचारको क्रममा मृत्यु भएमा संक्रमितको मृत्युमै गणना गरिने भएपनि संक्रमण मुक्त भनेर घर पुगेपछि मृत्यु भएकाहरुलाई स्वास्थ्य मन्त्रालयले नै संक्रमितको मृत्युको विवरणमा गणना गर्ने गरेको छैन। यसरी मृत्यु भएका बिरामी निको भएका संक्रमितको गणनामा पर्ने गरेको पाइन्छ।

डा अधिकारीले अस्पतालमै मृत्यु भएकालाई मात्र संक्रमितको मृत्यु मान्ने गरेको तर संक्रमण निको भएको विवरणमा गणना भइसकेका संक्रमित घरमै मृत्यु भएको अवस्थामा उनीहरुको कोभिड संक्रमितको मृत्युमा गणना नहुने जानकारी दिए।

‘कोही पनि बिरामी कोभिड पोजिटिभ छ र १० दिनसम्म स्वास्थ्यमा समस्या छैन भने त्यसपछि उसलाई जटिलता हुने सम्भावना हुदैन,’ उनले भने, ‘त्यसैले यस्ता बिरामीको मृत्यु हुन्छ भने त्यो मृत्युको कारण कोभिड नभएर अरु नै हुनसक्छ। त्यसैले त्यो मृत्युलाई हामीले कोभिडमा गणना गर्न सक्दैनौं।’

Source:swasthyakhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x