बेली डान्स सिक्न चाहनेलाई सुनौलो अवसर,अनलाइन मार्फत बिनुले बेली डान्स सिकाउने

काठमाडौंँ । कोरोनाको दोस्रो भेरियन्टका कारण विगत एक महिनादेखि जारी निषेधाज्ञाका कारण सर्वसाधारण घरमै थुनिएर बस्न बाध्य छन् । घरमा बसेर दिक्क भएका सर्वसाधारणका लागि चर्चित बेली डान्सर बिनु शाक्यले ‘बेली डान्स’ सिकाउने भएकी छन् ।बिनुले अनलाईन मार्फत ७ दिने ‘बेली डान्स’को कार्यशाला गर्न लागेकी हुन् । देश विदेशका बिभिन्न कार्यक्रममा ‘बेली डान्स’ कला प्रस्तुत गर्दै आएकी शाक्यले युवा वर्गमा बेली डान्सको बढ्दो क्रेजलाई मध्यनजर गरेर बेली डान्स सिकाउन लागेको बताइन् ।‘मलाई सामाजिक संजालमा फलो गर्ने धेरै फ्यानले बेली डान्स सिक्ने इच्छा गरिरहनुहुन्छ’ शाक्यले भनिन् ‘फ्यानको पनि इच्छा र सर्वसाधारणका लागि अवसरको रुपमा बेली डान्स कक्षा सिकाउन लागेको हो । शाक्यले बेली डान्स कक्षाको लाभ सबैले लिन सक्ने समेत बताएकी छन् ।कक्षा जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म हुनेछ ।

यो पनि पढ्नुहोस्:

काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो। जिल्ला प्रशाननले अब खाद्यान्न किराना पसल डिपार्टमेन्ट स्टोर अनलाइन डेलीभरी किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।  प्रशासनले उद्योग निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो। अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो ।  जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।  यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिदैछ। उपत्यकाका कााठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले उपत्यकाको निषेधाज्ञालाई जेठ २० गतेदेखि थप १० दिन लम्ब्याएर जेठ ३० गतेसम्म पुर्‍याउने गरी तयारी गरेका छन् । उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो।  केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ। विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्। हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ। सोमबार मुलुकभर ६ हजार ४९१ जना निको हुँदा ४ हजार १७८ जना संक्रमित थपिएका थिए भने ११४ जनाको मृत्यु भएको थियो।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x