नियमित अन्तर्राष्ट्रिय उडान सुरुचारु गर्न पाँच वायुसेवालाई स्वीकृति

काठमाडौं । सरकारले गत एक महिनादेखि बन्द गराएको अन्तर्राष्ट्रिय नियमित उडान आगामी बिहीबारबाट पुनः सुरुचारु गर्ने भएको छ । सरकारले यस अघि १३ जेठमै तीन मुलुकमा अन्तर्राष्ट्रिय नियमित उडान मंगलबारदेखि नै खुलाउने निर्णय गरेपनि कार्यान्यन भने ढिलाइ गरेको थियो । हाल भारतमा नियमित उडान भइरहेकाले निषेधाज्ञापछि दुई मुलुकमा मात्रै नियमित उडान खुलेको हो । सरकारले निर्णय कार्यान्वयनमा ढिलाइ गरेकै कारण हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्तीमा २३ जेठबाट मात्रै नियमित उडान खुला गर्ने भने पनि सम्बन्धित वायुसेवासँग मागेको तालिकाअनुसार त्योभन्दा अगाडि नै इच्छुक हुँदा आगामी बिहीबारदेखि नै सुरु हुने भएको छ । सरकारको निर्णयअनुसार प्राधिकरणले यही जुन एक महिनालाई लागू हुनेगरी तीन वायुसेवाको उडान तालिका स्वीकृत गर्दै नियमित उडान खुलाउने निर्णय गरेको हो । यस्तो उडानअनुसार बिहीबारबाट टर्की र आगामी २४ जेठबाट कतारमा नियमित उडान सुरु हुनेछ

सरकारले शनिबार र आइतबारबाहेक सातामा पाँच दिन आउने र जाने गरी दुईवटा अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै पाँचवटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान भर्न स्वीकृति दिएको छ । प्राधिकरणका अनुसार टर्कीको वायुसेवा कम्पनी टर्किस एयरले बिहीबारदेखि उडान भर्नेगरी तालिका स्वीकृत गराएको छ । प्राधिकरणबाट उडान तालिका स्वीकृतसँगै टर्किस एयर बिहीबार बिहान ११ः१५ बजे काठमाडौं आउने र सोही दिने बेलुका ९ः५ बजे फर्किनेछ । नेपालबाट कतारका लागि नियमित उडान नेपाल वायुसेवा निगमले आगामी सोमबार गर्नेछ । आगामी सोमबार निगमले राति १० बजे उडान भर्ने र भोलिपल्ट बिहान ९ बजे काठमाडौं फर्कने तालिका स्वीकृत गराएको छ । यसैगरी, कतार एयरवेजले पनि सोमबार बिहान ९ः१० बजे काठमाडौं आइपुग्ने र सोही दिन राति ११ः०५ मा फर्कनेगरी उडान तालिका स्वीकृत गराएको छ । सरकारले शनिबार र आइतबारबाहेक सातामा पाँच दिन आउने र जानेगरी दुईवटा अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै पाँचवटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान भर्न स्वीकृति दिएको छ । टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् । नयाँ तालिकाअनुसार अब हरेक बिहीबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ । दोहा हुँदै मध्यपूर्वी मुलुकलगायत अन्य मुलुकहरूमा जानका लागि सोमबार बिहान कतारले र राति निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने छ । अहिलेलाई ती पाँचवटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान १८ जेठ १८ देखि आगामी १६ असारसम्मका लागि खुला गरिएको छ । थप नियमित उडानको थपघट भने महामारीको अवस्थालाई हेरेर विस्तारै निणर्य हुने प्राधिकरणले जनाएको छ ।

र्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र निगमले नियमित उडान भर्न अनुमति पाएका हुन् । नयाँ तालिकाअनुसार अब हरेक बिहीबार युरोप र अमेरिकाका यात्रुले टर्किसको उडानबाट ओहोरदोहार गर्न सक्नेछन् नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा एयर इन्डियाको भने सातामा एक÷एकवटा उडान नियमित नै रहेको छ । नेपाल र भारतबीच भएको एयर बबल ट्रान्सपोर्ट एग्रिमेन्टअनुसार भएको यस्तो उडान विगत एक महिनादेखिको निषेधाज्ञा र अरू अन्तर्राष्ट्रिय उडान बन्दका बीचमा पनि सातामा एक÷एक उडान सुचारु छ । यस्तो उडान वापत निगमले हरेक बुधबार र एयर इन्डियाले हरेक शुक्रबार उडान गरिरहेको छ । वायुसेवा निगमले भारतमा गर्ने उडान बुधबार दिनको ३ः४५ मा जाने र सोही दिन राति ११ः०५ मा फर्कने गरेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सरकारले उडान खुला गरेको जानकारी दिएपछि सम्बन्धित मुलुकका वायुसेवाबाट उडान तालिका माग गरेको बताए । सो तालिकाअनुसार टर्किस एयर बिहीबारदेखि नै आउन तयार भएकाले सोही दिनदेखि नियमित उडान सुरु हुने उनले जानकारी दिए । प्राधिरणले मंगलबार एक महिनालाई लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको र सोहीअनुसार हालसम्म उडान गर्न इच्छुक वायुसेवाको तालिका पनि सार्वजनिक गरेको उनले जानकारी दिए । सरकारले गत १३ जेठमा गरकोे निर्णय अनुसार चीनको पनि उडान खोल्ने निर्णय भएको थियो । सो निर्णयअनुसार चिनियाँ वायुसेवासँग उडान तालिका माग गरेको भएपनि उसले हालसम्म तालिका पेस नगरेकोले चीन गन्तव्यमा हुने उडान अझै अन्योल नै छ ।चीनले उडान भर्न इच्छुक हुनुपर्ने र सोही अनुसार तालिका पेस गर्नुपर्ने भएपनि हालसम्म आइनपुगेको प्राधिकरणले जनाएको छ । यीबाहेक अन्य मुलुकको हकमा भने सरकारले गर्ने निर्णयपछि मात्रै प्राधिकरणले त्यसलाई कार्यान्वयन गराउने बताएको छ । नियमित उडान नभएका मुलुकमा आकस्मिक कार्गो उडान भने हुनेछ । चार्टर्ड उडान प्राधिकरणको अनुमतिमा हुनेछ भने नियमित उडान भने सरकारी निर्णयबाट मात्रै हुनेछ । यसअघि प्राधिकरणले २३ जेठदेखि मात्रै उडान भर्ने भनेपछि सम्बन्धित वायुसेवाको इच्छामा छिटो उडान सञ्चालन गर्न सकिएको बताइएको छ । सरकारले चीनका लागि पनि उडान अनुमति दिएपनि चीनका कुनै एयरलाइन्सले उडानमा रुचि देखाएका छैनन् । चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने प्राधिकरणले जनाएको छ । यसैगरी, सरकारले सोमबार विदेशबाट आउने नेपाली र विदेशी नागरिकको हकमा मापदण्ड सार्वजनिक गरेको छ । जसअनुसार उनीहरू अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । नियम नमान्नेलाई ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियमअनुसार जरिवाना तथा सजाय हुने भनिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x