१ अर्ब भन्दा धेरै चुक्ता पुँजी भएका ७ लघुवित्त कम्पनी : कुनको वित्तीय अवस्था कस्तो ?

काठमाडौं : नेप्सेमा सूचीकृत ७ लघुवित्त कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँभन्दा धेरै छ । यो वर्ष आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स पनि १ अर्ब चुक्ता पुँजी हुने कम्पनीको सूचीमा उक्लिएका हुन् । अरु ५ लघुवित्तको चुक्ता पुँजी भने गत वर्ष नै १ अर्ब रुपैयाँभन्दा धेरै थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीहरुले आकर्षक प्रगति गरेका छन् । हेरौं, कुन कम्पनीको अवस्था कस्तो :
सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ । यसको चुक्ता पुँजी २२% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ७ वटै लघुवित्तको चुक्ता पुँजी बढेको छ । सबैन्दा धेरै चुक्ता पुँजी बढ्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । यसको चुक्ता पुँजी ७३.१६% ले बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ । एनआइसी एसिया लघुवित्तले यसै वर्ष आइपीओ जारी गर्नुका साथै स्वदेशी लघुवित्तसँग मर्जमा गएकाले चुक्ता पुँजीमा उल्लेख्य वृद्धि भएको हो ।

जगेडा कोषमा पनि छिमेक लघुवित्त नै सबैभन्दा अघि  
जगेडा कोषको आकारमा पनि छिमेक लघुवित्त नै सबैभन्दा अघि रहेको छ । चैत मसान्तसम्म आइपुग्दा छिमेक लघुवित्तको जगेडा कोषमा २ अर्ब ९० करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको छ । निर्धन उत्थान र साना किसान लघुवित्तको जगेडा कोष पनि २ अर्ब रुपैयाँभन्दा धेरै छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । यसको जगेडा कोषको आकार २४९.५६% ले बढेर ७९ करोड ५३ लाख २ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानीमा निर्धन उत्थान लघुवित्त सबैभन्दा अघि 
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी निर्धन उत्थान लघुवित्तले गरेको छ । यसको खुद ब्याज आम्दानी ३५.९७% ले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । छिमेक लघुवित्तले पनि १ अर्ब भन्दा माथि खुद ब्याज आम्दानी कमाएको छ । एक वर्षको अवधिमा ७ वटै कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २४२.९४% ले बढेर ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

नाफामा पनि छिमेक लघुवित्तकै वर्चस्व
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । यसको खुद नाफा ५९.८९% ले बढेर ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ७ वटै कम्पनीको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । यसको नाफा २४७.९३% ले बढेर ४२ करोड ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै प्रतिसेयर आम्दानी छिमेक लघुवित्तकै
चालु आर्थिक वर्षको तोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी छिमेक लघुवित्तको रहेको छ । यसअवधिमा छिमेकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५ पैसाले बढेर ६९ रुपैयाँ ६५ पैसा पुगेको छ । यसअवधिमा ५ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने साना किसान लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । एनआइसी एसिया लघुवित्तले यसैवर्ष आइपीओ जारी गरेकाले यसको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश छैन ।
Source: nepalipaisa

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x