पुस्तकालयबाट लगेको किताब ६४ वर्षपछि फिर्ता

आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् । आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स नामक पुस्तक लगिएको रहेछ । पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ ।पुस्तकालयमा ६ दशकसम्म पनि किताब फिर्ता नगर्दा जरिवाना त टन्नै लाग्नुपर्ने हो । पुस्तकालयको पूरानो नियमानुसार पुस्तक लैजाने ती पाठकले ६४ वर्षको जरिवानाबापत २ हजार डलर बराबरको रकम तिर्नुपर्ने थियो । तर पुस्तकालयले सन् २०१९ मै विलम्बबापतको शुल्क लिने पूरानो नियम खारेज गरेको हुनाले ती व्यक्तिले जरिवाना तिर्नु परेन । यति लामो समयसम्म किताब कहाँ थियो र किन फिर्ता गरिएन भन्ने कुराचाहिँ थाहा नभएको लाइब्रेरियन के क्यासिडीको भनाइ छ ।

यो पनि पढ्नुहोस्: नागरिकता नभई खोप लगाउन नपाइने हो ? काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकता नभए पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने बताएको छ । नागरिकता नभई खोप लगाउन पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा धेरैबाट आएपछि मन्त्रालयले नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो । नागरिकता नभएकाहरुका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ स्वास्थ्य मन्त्रालयले भनेको छ त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् । र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ । चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप नेपालभरिका ६० देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिहरुलाई यही जेठ २५ गतेदेखि दिइँदैछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x