यस्तो छ सेयर बजारको हालखबर

काठमाडौं : सेयर खरिदबिक्री रकममा तेजी आउने क्रम सोमबार पनि जारी छ । नेप्से सूचक केही अस्थिर देखिए पनि कारोबार भोल्यूम भने निकै उत्साहजनक रहेको छ । निरन्तर बढ्दो कारोबार रकमले दीर्घकालमा बजार थप विस्तार हुने संकेतहरु देखिएको विश्लेषकहरुको भनाई छ । सेयर बजारमा सिजन सुरु भएको छ । जेठदेखि भदौसम्मको अवधिलाई सेयर बजारमा प्रमुख सिजनका रुपमा लिइने गरिन्छ । सिजन सुरु भएसँगै खरिदबिक्री रकममा व्यापक तेजी देखिएको हो । सोमबार नेप्से सूचक भने केही अस्थिर देखिएको छ । सूचक छिनछिनमै हरियो र रातो हुने क्रम चलिरहेको छ । लगानीकर्ताहरुले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्न सक्नुपर्छ । आम लगानीकर्तामा धैर्यता पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । बढेको बजारमा केही करेक्सन आउनुलाई पनि स्वभाविक मान्न सकिन्छ । यो समाचार तयार पार्दासम्म (करिब १ः२५ बजे) ९ अर्ब ४० करोड हाराहारीमा सेयर कारोबार भएको छ । नेप्से सूचक भने ८ अंकभन्दा बढीले तल झरेको छ ।

यो पनि पढ्नुहोस्:

कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक सामान्य अंकले बढेको छ । तीन घण्टामामा परिसुचक १.०२ अंकले बढेर २९०७.९४ को बिन्दुमा पुगेको छ ।  । सोही अवधीसम्म आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८४ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ । यस समयमा २१८ कम्पनीका २ करोड ४७ लाख ७९ हजार ९०९ कित्ता शेयर ११ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिसम्म नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२  करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x