उच्च कीर्तिमानी बनाएको सेयर बजारमा झिनो अंकको ब्रेक

फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा हरियाली, वाणिज्य बैंकका लगानीकर्ता भने निराश

उच्च कीर्तिमानी बनाएको सेयर बजारमा झिनो अंकको ब्रेक लागेको छ । आइतबार उच्च रेकर्ड बनाएको नेप्सेले सोमबार भने करेक्सनको बाटो रोजेको हो । उच्च रेकर्ड बनाएपछि बजार करेक्सन हुनुलाई विश्लेषकहरू सकारात्मक मान्छन् । यसभन्दा अघिको उच्च रेकर्डमा पनि करेक्सन हुँदै नेप्से अघि बढेको थियो । नेप्से परिसूचक सोमबार शून्य दशमलव २१ अंकले घटेर २ हजार ९ सय ६ दशमलव ७० बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३८ अंकले घटेर ५ सय २० बिन्दुमा पुगेको छ । बजार झिनो अंकले घट्दा वाणिज्य बैंक समूहको सूचक भने नकारात्मक बन्न पुगेको छ । १३ समूहका सूचकमध्ये फाइनान्स, विकास बैंक, हाइड्रोपावरमा लगानीकर्ता आकर्षित भएका छन् । फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात् ८ दशमलव २७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने विकास बैंकका लगानीकर्ताले ६ प्रतिशतले नाफा आर्जन गरेका छन् ।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसी एफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, गोर्खा फाइनान्सको सेयर १० प्रतिशतले सर्किट मूल्यमा कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस दिन सबैभन्दा धेरै नाफा आर्जन गर्ने फाइनान्स कम्पनीमा गोर्खा फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य १ सय ५ रुपैयाँले बढेर प्रतिसेयर मूल्य १ हजार १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले राम्रो नाफा आर्जन गर्न सफल भएका छन् । सोमबार बढी घट्ने कम्पनीहरूमा लक्ष्मी बैंक, नारायणी विकास बैंक, सन्राइज बैंक, कुमारी बैंक रहेका छन् । यी बैंकको सेयर मूल्य ३ प्रतिशतले घटेपछि लगानीकर्ता निराश बनेका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार नेपाल रि–इस्योरेन्स कम्पनीको भएको छ । कम्पनीको ६२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ भने नेसनल हाइड्रोपावर कम्पनीको ४३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्
नेप्से : होटेल तथा पर्यटन र वाणिज्य बैंकका लगानीकर्ता निराश
नेप्सेमा करेक्सन कायमै, कारोबार रकम घट्यो नेप्सेमा करेक्सन कायमै रहेको छ । मंगलबार पनि नेप्से परिसूचक ११ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ७१ बिन्दुु पुुगेको छ । लगानीकर्तामा नाफा बुुक गर्ने होडबाजी चल्दा सेयर बजारले उकालो यात्रा तय गर्न नसकेको लगानीकर्ता तथा विश्लेषकहरू बताउँछन् । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६९ अंकले घटेर ४ सय ९६ बिन्दुमा पुुगेको छ ।

कारोबार रकम घट्यो पछिल्लोे दुई हप्तामा सेयर कारोबार रकममा दैनिक नयाँ कीर्तिमान बनाएको नेप्सेमा मंगलबार उल्लेखनीय गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १६ कम्पनीको १ करोड ९७ लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँको मात्र कारोबार भएको छ  । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ५७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो कारोबार हुने कम्पनीमा लुुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, तेस्रोमा राधी विद्युत् कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहको सूचकमध्ये ३ समूहको सूचक सकारात्मक रहेको छ भने १० समूहको सूचक नकारात्मक रहेको छ । मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा ट्रेडिङ र होटेल तथा पर्यटन समूह रहेका छन् । त्यस्तै, हाइड्रोपावर, माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ता पनि निराश बनेका छन् । विकास बैंक, फाइनान्स र अन्य समूहको सूचक करिब १ प्रतिशतले सकारात्मक रहेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ । यसको ५ प्रतिशतले घटेको छ भने काली खोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर, आँखुु खोला जलविद्युत् कम्पनीको ४ प्रतिशतले घटेको छ । बढ्ने कम्पनीमा कालीका पावर कम्पनीको १० प्रतिशतले सर्किट लाग्दै ४१ रुपैयाँ बढेर प्रतिसेयर मूल्य ४ सय ५१ रुपैयाँ पुुगेको छ । लुम्बिनी विकास बैंकको ८ प्रतिशतले बढेको छ । त्यस्तै, गुराँस फाइनान्स, सुमित लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

source:nayapatrikadaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x